Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरीले हत्या गरेका जर्ज फ्लोइडको नयाँ भिडियो सार्वजनिक, भनेका थिए– ‘म खराब व्यक्ति होइन’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १९ २०७७
  • 2.5K
    SHARES

एजेन्सी । गत वर्ष अमेरिकी प्रहरीको ज्यादतीका कारण मारिएका अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोइडको नयाँ भिडियो सार्वजनिक भएको छ ।

हत्या अभियोगमा आरोपित पूर्व प्रहरी अधिकारीको सुनुवाइको क्रममा अदालत समक्ष नयाँ भिडियो सार्वजनिक गरिएको हो । प्रहरीले प्रयोग गरेको ‘बडी क्यामरा’ को भिडियोमा फ्लोइडले ‘म खराब व्यक्ति होइन’ भन्दै बिन्ती गर्दै गरेको देखिन्छ ।

पूर्व प्रहरी अधिकारी डेरेक चोभनमाथिको हत्या अभियोगको सुनुवाइको तेस्रो दिन हिजो नयाँ भिडियो सार्वजनिक गरिएको थियो । सो भिडियोमा फ्लोइडले आफूलाई क्षति पुग्ने खालको गतिविधि नगरिदिन आग्रह गरेको समेत देखिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

भिडियो फुटेजमा चोभनले फ्लोइडको घाँटीमा ९ मिनेट भन्दा बढी सयम घुँडाले थिचेको देखिएको बीबीसीले उल्लेख गरेको छ । ४६ वर्षका फ्लोइडको गत वर्ष प्रहरी हिरासतमा निधन भएको थियो ।

फ्लोइडलाई पक्राउ गर्ने क्रममा प्रहरीको ज्यादतीको भिडियो सार्वजनिक भएसँगै अमेरिकासहित विश्वभर प्रहरी प्रशासनको फरक व्यवहार र रंगभेदलाई लिएर विरोध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४