Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कास्कीमा एमालेको समानान्तर कमिटी, नेपाल भन्छन्– ‘यो जुँगाको होइन, पार्टी र पद्धतिको लडाइँ हो’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १९ २०७७
  • 3.6K
    SHARES

पोखरा । नेकपा एमाले कास्कीमा शुक्रबार समानान्तर कमिटी गठन गरिएको छ । कमिटी अध्यक्षमा धनराज आचार्य चयन हुनुभएको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र सुरेन्द्र पाण्डेको उपस्थितिमा पोखरामा आयोजित कार्यकर्ता भेलामा आचार्यको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटी सचिवमा होम नेपाली छन् । छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीलाई औपचारिकता दिइने बताइएको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि कास्कीमा समानान्तर गठन गर्न नेता नेपाल पोखरा आउनुभएको हो ।

कास्कीमा एमालेको समानान्तर कमिटी, नेपाल भन्छन्– ‘यो जुँगाको होइन, पार्टी र पद्धतिको लडाइँ हो’
कास्की समानान्तर कमिटीका अध्यक्ष धनराज आचार्य

कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले ओलीले कम्युनिष्ट पार्टी ध्वस्त गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले ओलीले विधि र पद्धतिमार्फत पार्टी सञ्चालन नगरी कम्पनीको रूपमा चलाएको आरोप लगाउनुभयो । ‘पार्टीमा यो जुँगाको लडाइँ होइन, पार्टी र पद्धतिको लडाइँ हो,’ उहाँले भन्नुभयो ।

कमिटीकाे अध्यक्ष चयन हुनुभएका कास्कीको भरतपोखरीका आचार्य नेकपा एमाले उद्योग वाणिज्य क्षेत्रका निवर्तमान केन्द्रीय अध्यक्ष हुन् । पार्टीको केन्द्रीय विभागको सदस्य, जिल्ला कमिटीका पूर्व सचिवालय सदस्य तथा पृथ्वीनारायण क्याम्पस पोखरा स्ववियूका पूर्व अध्यक्ष समेत हुन् ।

कास्की क्षेत्र २ बाट स्व. रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईले प्रतिनिधिसभाको चुनाव लड्दा आचार्य चुनावी कमाण्डर थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४