Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेसबुकले किन फ्रिज गर्‍यो भेनेजुयलाका राष्ट्रपतिको पेज ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १७ २०७७
  • 4.3K
    SHARES

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको फेसबुक पेज फ्रिज भएको छ । कोभिड १९ सम्बन्धमा गलत जानकारीहरु फैलाएको भन्दै मदुरोको फेसबुक फेज निलम्बन गरिएको हो ।

फेसबुक प्रवक्ताका अनुसार आफ्नो पेजमा मदुरोले कुनै प्रमाणविना नै कोरोना भाइरसको उपचार तथा रोकथामका बारेको दाबीलाई प्रस्तुत गरेका थिए ।

गत जनवरीमा मदुरोले कार्भाटिभिर नामक झोल कोरोना भाइरसको चामत्कारिक औषधिको रुपमा रहेको र यसले कुनै पनि साइड इफेक्टविना नै कोरोना भाइरसलाई निस्तेज पार्ने भनेर आफ्नो फेसबुक पेजमा व्याख्या गरेका थिए । तर डाक्टरहरुले चाहिँ त्यस्तो दाबीलाई विज्ञानले पुष्टि नगर्ने बताएका छन् ।

कोरोना भाइरस लाग्नै नदिने तथा लागेपनि निको हुने औषधि दाबी गरिएको भिडियोलाई फेसबुकले मदुरोको पेजबाट हटाइदिएको छ । यसले कोभिड १९ सम्बन्धी फेसबुकको नीतिलाई उल्लंघन गरेको फेसबुकको भनाइ छ ।

फेसबुक प्रवक्ता भन्छन् हामीले विश्व स्वास्थ्य संगठनको निर्देशिका पालना गर्दछौँ जसले अहिलेसम्म कोरोना भाइरसको उपचार गर्ने कुनैपनि औषधि नभएको छ । हाम्रो नीतिलाई लगातार उल्लंघन गरेको हुँदा हामीले मदुरोको फेसबुक पेजलाई ३० दिनका लागि फ्रिज गरेका छौँ ।

यो सँगै एक महिनासम्म मदुरोको फेसबुक पेजमा कुनै पनि पोष्ट गर्न सकिने छैन र हेर्नमात्र मिल्नेछ ।

मदुरोले फेसबुकमा शेयर गरेको भिडियोमा कार्भाटिभिरलाई १९औँ शताब्दीका भेनेजुयलन डाक्टर जोसे ग्रेगोरियो हर्नान्डेजको चामत्कारिक थोपा भन्दै ती डाक्टर रोमन क्याथोलिक चर्चबाट दीक्षित रहेको र सो थोपालाई कोरोना भाइरसको रोकथाम र उपचारमा प्रयोग गर्न सकिने उल्लेख छ ।

गलत दाबी सहितको भिडियो मदुरोको फेसबुक पेजमा पोष्ट भएसँगै नीति उल्लंघनको विषयमा पेज एडमिनिष्ट्रिरेटरलाई सूचित गरिएको थियो ।

प्रवक्ताका अनुसार मदुरोको फेसबुक पेज एक महिनाका लागि फ्रिज गरिएको भए पनि इन्स्टाग्राम अकाउन्टमाथि चाहिँ कुनै कारबाही गरिएको छैन ।

डिजिटल सर्वसत्तावाद

राष्ट्रपति मदुरोको फेसबुक पेज फ्रिज गरिदिने फेसबुक कम्पनीको निर्णयप्रति भेनेजुयला सरकारले गम्भीर आपत्ति जनाएको छ । यस्तो कदम फेसबुकको डिजिटल सर्वसत्तावादको उपज भएको भेनेजुयलाको आरोप छ ।

आइतबार एक विज्ञप्तिमा भेनेजुयलाको सूचना मन्त्रालयले कार्भाटिभिर औषधि राष्ट्रिय उत्पादन तथा इन्जिनियरिंगद्वारा उत्पादित रेट्रोभाइरल औषधि भएको भन्दै महामारीसँग जुध्ने यस्ता कदम विरुद्ध फेसबुक लागेको टिप्पणी गरेको छ ।

उसले भनेको छ, ‘अन्य मुलुकहरुमा आफ्नो कानुन लादिरहेका बहुराष्ट्रिय कम्पनीहरुको डिजिटल सर्वसत्तावाद हामीले हेरिरहेका छौँ ।

उता स्वयं भेनेजुयलाका डाक्टरहरुले चाहिँ कार्भाटिभिरले कोरोना भाइरसको रोकथाम र उपचार गर्ने कुनै पनि प्रमाण नभएको बताएका छन् । थाइम नामक जडिबुटीबाट बनाइने उक्त औषधि सदियौँदेखि परम्परागत औषधिको रुपमा प्रयोग गर्ने गरिएको छ ।

सिएनएनबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४