Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ वर्षमा यामाहाको अफरः बाइक र स्कुटर किन्दा २० लाख पुरस्कार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १७ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । यामाहा नेपालले नयाँवर्ष २०७८ को लागि आफ्नो प्रवद्र्धनात्मक फ्रिडम इनिसिएटेड (एफआई) नयाँवर्ष २०७८ योजना अघि ल्याएको छ ।

नवउत्सवलाई ज्यादा रोमाञ्चक एवं बृहत् बनाउँदै यामाहा नेपालले प्रत्येक महिनाको भाग्यशाली विजेतालाई बम्पर पुरस्कार वापत् २०.७८ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । साथै स्क्य्राच कार्डमार्फत ग्राहकहरुले २०.७८ लाख रुपैयाँसम्मका सयौं पुरस्कारहरु हरेक हप्ता हात पार्न सक्नेछन् ।

ग्राहकवर्गलाई थप सुविधा दिने उद्देश्यका साथ यामाहा नेपालले उत्कृष्ट वित्तीय योजना पनि प्रस्तुत गरेको बताएको छ, जस अनुसार मोटरसाइकल तथा स्कुटरहरु जिराे प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून ईएमआई.सुविधाका साथ पाउन सकिन्छ ।

नयाँ वर्षका प्रवद्र्धनात्मक योजनाका बारेमा जानकारी दिंदै यामाहा नेपालका सीईओ चरञ्जिवि शाहले २०७७ कोभिडका कारण कठिन भए तापनि नयाँ वर्ष २०७८ ले उत्साह र खुशीयाली लिएर आउने अपेक्षा गरेको र सोही अपेक्षालाई दृष्टिगत गरेर यामाहाले ल्याएको योजनाले ग्राहकवर्गलाई फाइदा पुग्ने अपेक्षा गरेका छन् ।

यामाहा नेपालमा फ्युल इन्जेक्टेड मोटरसाइकल र फ्युल इन्जेक्टेड स्कुटरहररु उपलब्ध गराउने पहिलो ब्रान्ड बन्दै अत्याधुनिक प्रविधियुक्त दुई पाँग्रे सवारी साधनहरुको बजारमा अग्रणी रहँदै आएको बताएको छ ।

फ्युल इन्जेक्टेड अर्थात एफआई इन्जिनको लागि प्रसिद्ध भएकाले यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले त्यही एफआई शब्दलाई नयाँ वर्षको लागि समेत प्रवद्र्धन गरिरहेको छ । एफआईलाई अब फ्युल इन्जेक्टेडको सट्टा फ्रिड इनिसिएटेड नाम राखेको हुन सक्छ । नेपाल अट्टाे

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४