Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागलुङ झडप प्रकरण : गोरेटोभन्दा २ सय मिटर तल शव भेटियो, एकजना पनि पक्राउ परेनन्


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १६ २०७७
  • 4.8K
    SHARES

बागलुङ । बाग्लुङको निसीखोला र बडिगाड गाउँपालिकामा आइतबार फागू पूर्णिमा मनाउने क्रममा दुई पक्षबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । रङ लगाउने विषयमा भएको वादविवादले झडपको रुप लिँदा दुःखद घटना भएको हो ।

निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमाहोली खेल्दा रङ लगाउने बिषयमा विवाद पछि झडप हुँदा मृत्यु भएका २ जनाको शव पोस्टमार्टमका लागि बुर्तिबाङ पठाइएको छ । होली खेल्ने क्रममा विवाद हुँदा बडिगाड गाउँपालिका वडा नम्बर १० का युवाहरूको कुटपिटबाट र निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो ।

घटनाको मुचुल्का उठाई दुवै जनाको शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरले जानकारी दिनुभयो । दुई जनाको शव गोरेटो बाटो भन्दा करिब २ सय मिटर तल फेला परेको प्रहरी प्रमुख कृष्ण पल्ली मगरको भनाइ छ । प्रहरीले घटनामा संलग्न कसैलाई पनि नियन्त्रणमा ल्याउन सकेको छैन ।

अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट टोली गएको र नजिकमा रहेका चौकीबाट पनि प्रहरीहरु खटिएको बताइएको छ । १३ जना सम्पर्क बिहीन भएकाहरु युवाहरु राति सम्पर्कमा आएको निसीखोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तेजेन्द्र विक्रम कुँवरले जानकारी दिनुभयो ।

सम्पर्कमा आएकामध्ये १० जना युवा घाइते भएको प्रहरी उपरीक्षक मगरले बताउनुभयो । घाइते मध्ये ज्ञानु दमाई, मिठे दमाईसहितका युवालाई राति नै उपचारको लागि बुर्तिबाङ पठाइएको अध्यक्ष कुँवरको भनाइ छ । रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४