Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आठ महिनामा बागमती प्रदेशको बजेट खर्च २५ प्रतिशत मात्रै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १४ २०७७
  • 4.5K
    SHARES

काठमाडौं । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको आठ महिनामा २५ दशमलब ३५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

प्रदेश सरकारले चालू वर्षको फागुन मसान्तसम्ममा कुल ५१ अर्ब ४२ करोड ७४ लाख रुपैयाँ बजेटमा १३ अर्ब ३ करोड ५१ लाख रुपैयाँ मात्र खर्च गरेको हो ।

फागुन मसान्तसम्ममा चालुतर्फ कुल बजेटको २५ दशमलब ८४ प्रतिशत र पुँजीगततर्फ कुल बजेटको २३ दशमलब ५० प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय बागमती प्रदेशले जनाएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ २५ अर्ब ३ करोड २९ लाख रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । प्रदेश संसदले चालु आर्थिक वर्षको ८ महिना अवधिमा कुल बजेको ३९ दशमलब ८६ प्रतिशत बजेट खर्च गरिसकेको छ ।

त्यस्तै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कुल बजेटको ८ दशमलब ६५ प्रतिशत मात्र बजेट खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा प्रदेश सरकारले कूल बजेको १९ दशमलब ५७ प्रतिशत मात्र बजेट खर्च गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४