Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जर्जियाको नयाँ कानुनप्रति बाइडेनद्वारा निन्दा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १४ २०७७
  • 4.2K
    SHARES

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले जर्जियाले ल्याएको मतदानसम्बन्धी नयाँ कानूनलाई २० औं शताब्दीको अमेरिकन साउथको रंगभेदी नीतिसँग तुलना गर्दै निन्दा गर्नुभएको छ ।

बाइडेनले नयाँ कानूनले अमेरिकी अश्वेतहरूलाई मतदान गर्नबाट रोक्ने र अत्याचारलाई मार्ग प्रशस्त गरेको भन्दै निन्दा गर्नुभएको हो । जर्जियाले संविधानमाथि सिधा आक्रमण गर्ने गरी कानून ल्याएको भन्दै त्यसलाई २१ औं शताब्दीको नयाँ ‘जिम क्रो’ का रूपमा चित्रित गर्नुभयो । उहाँले न्याय विभागले कानूनमाथि अध्ययन गर्ने पनि बताउनुभयो ।

गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजित डोनाल्ड ट्रम्पले लगाएको आधारहीन धाँधलीको आरोपको केन्द्रमा परेको जजिर्यामा झण्डै २८ वर्षपछि डेमोक्र्याटिक उम्मेदवारले राष्ट्रपतिमा जितेका थिए । रिपब्लिकनको पकड रहेको जर्जिया राज्य संसद्का दुवै सदनमा गम्भीर चुनौती समाना गर्नु परे पनि निर्वाचन सम्बन्धी विधेयक पारित भयो ।

विधेयकमा हस्ताक्षर गर्ने क्रममा गभर्नर केम्पले चुनावलाई सुरक्षित, पहुँच योग्य र निष्पक्ष बनाउनका लागि नयाँ कानून आउन लागेको बताउनुभएको थियो । उहाँले नयाँ कानूनमा हस्ताक्षर गरिरहेका बेला ढोका ढकढक्याउन पुगेकी डेमोक्र्याटिक सांसद पार्क क्याननलाई सुरक्षाकर्मीले हत्कडी लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४