Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुनियाँका सबैभन्दा धनी गाउँ, हरेक परिवार करोडपति


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १२ २०७७
  • 3.7K
    SHARES

एजेन्सी । संसारका कति देश विभिन्न कारण चर्चित छन् । यदि चीनको कुरा गर्ने हो भने चीन हरेक क्षेत्रमा अगाडि छ ।

यहाँको प्राविधि धेरै अगाडि छ । यहाँका गाउँ पनि धेरै धनी छन् । हालै चीनको एक गाउँको बारेमा यस्ता चर्चाहरु भए कि जुन कुरा सुनेर विश्वास गर्न मुश्किल छ ।

चीनमा यस्तो एउटा गाउँ छ जहाँ हर परिवार करोडपति छन् । विदेशी सञ्चारमाध्यमका अनुसार सुपर भिलेज नाम गरेका गाउँका हर व्यक्तिको खातामा १ करोड ५० लाख भन्दा बढी रुपैयाँ छ ।

डेलीमेलका अनुसार यस गाउँका हर व्यक्तिसँग भव्य घर, लक्चरीयस गाडी छ । चीनको जियांगसु प्रान्तको वाक्शी गाउँ दुनियाँको सबैभन्दा धनी गाउँ हो ।

यो गाउँ सुपर भिलेजको नामले दुनियाँभर चिनिन्छ । यस गाउँमा हेलिकप्टर, ट्याक्सी र पार्क पनि छ ।

यस गाउँमा चम्किला सडक छन् । आकाशमा उडान भरिरहेका हेलिकप्टर देखिनु सामान्य मानिन्छ ।

यो गाउँ सधै धनी भने होइन । एक समय थियो यहाँका मानसिहरु एकदमै गरीब थिए ।

गाउँलाई प्रगतिको शिखरमा पुर्याउने श्रेय भने कम्युनिष्ट पार्टीका स्थानीय सेक्रेटरी बू रेनाबोलाई जान्छ ।

रेनाबोले यो गाउँको विकासको खाका कोरेका हुन् । उनले कम्पनीको गठन गरेर सामूहिक खेतीको अवधारण ल्याएका थिए ।

अहिले यो गाउँ करोड डलरको कारोबार गर्ने कम्पनीमा गनिन्छ । जहाँ स्टिल र सिपिगं कम्पनीहरु छन् ।

गाउँका सबै घर एकै डिजाइनका छन् । धेरै कोठाहरु छन् । देख्नमा यी घर कुनै होटल भन्दा कम छैनन् ।

२०११ मा गाउँका मानिसले यस गाउँको ५० औं वर्षगाँठ एक अग्लो गगनचुम्बी भवन बनाएर मनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४