Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा विभाजन गर्ने सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १० २०७७
  • 4.9K
    SHARES

आज  बिहान सिंहदरबारमा बसेको स्थायी कमिटी बैठकले अदालतकाे फैसला राजनीतिक रहेकाे भन्दै पुनरावलाेकनमा जाने निष्कर्ष निकालेकाे हाे । पार्टी सचेतक देव गुरुङका अनुसार स्थायी कमिटीका सदस्यहरूले कानुन व्यवसायीहरूसँग छलफल गरेर नै उक्त निष्कर्ष निकालिएकाे हाे । साे क्रममा कानुन व्यवसायीहरू शम्भु थापा, रामनारायण बिडारी, चण्डेश्वर श्रेष्ठलगायत पनि छलफलमा सहभागी रहेकाे बताइएकाे छ । कानुन व्यवसायीहरूले फैसलाकाे ६० दिनभित्र पुनरावलोकनका लागि निवेदन गर्न सकिने सल्लाह दिएकाे समेत बताइएकाे छ ।

सर्वोच्च अदालतले गत फागुन २३ गते ‘नेकपा’ नाम विवादकाे मुद्दामा तत्कालीन सत्तारूढ नेकपा दल नै अवैधानिक रहेकाे फैसला गरेकाे थियाे । एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकता भएर (नेपाल कम्युनिष्ट पार्टी) नेकपा बनेकाे थियाे । तर सर्वाेच्चकाे पछिल्लाे फैसलासँगै नेकपा विभाजन भएर दुइ पार्टी पूर्ववत् रूपमा नै फर्किएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४