Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यमनमा जारी युद्ध अन्त्यका लागि साउदीद्वारा शान्तिको प्रस्ताव


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १० २०७७
  • 7.1K
    SHARES

काठमाडौं । साउदी अरेबियाले युद्धविरामका लागि यमनसँग आग्रह गरेको छ । झण्डै छ वर्षदेखि जारी यमनको युद्ध अन्त्यका लागि साउदी अरेबियाले नयाँ शान्ति योजना प्रस्ताव अघि सारेको हो।

साउदीले आफू समर्थक यमनको सरकार र इरानको समर्थन रहेको हुथीविद्रोहीबीच संयुक्त राष्ट्रसंघले सुपरीवेक्षण गर्ने गरी युद्धविराम गर्न प्रस्ताव गरेको छ । यो प्रस्तावमा राजनीतिक वार्ता सुरु गर्न र महत्वपूर्ण हवाई तथा जलमार्ग पुनः खोल्ने विषय पनि समेटिएको बीबीसीले जनाएको छ । यमन सरकार र संयुक्त राष्ट्रसंघले साउदीको युद्धविरामको योजनाको स्वागत गरेका छन् ।

तर हुथी विद्रोहीहरूले भने युद्धविरामको प्रस्तावमा नयाँ कुरा नभएको प्रतिक्रिया दिएको छ । हवाई र जलमार्गमा लगाइएको नाकाबन्दी हटाउनुपर्नेमा उसको जोड रहेको छ । हुथीका प्रमुख वार्ताकार मोहम्मद अब्दुसलामले आफूहरूले साउदी, अमेरिका र मध्यस्थकर्ता ओमानसँग शान्ति सम्झौताका लागि निरन्तर कुरा गर्ने बताएको रोयटर्सले उल्लेख गरेको छ ।

साउदी अधिकारीहरूले आफ्नो कदमबारे संयुक्त राष्ट्रसंघ र अमेरिकासँग समन्वय गरिरहेको बताएका छन् । यसअघि गत फेब्रुवरीमा अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको थियो । छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । लगातारको युद्धका कारण यमनका ८० प्रतिशत भन्दा बढी सर्वसाधारणलाई मानविय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४