Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नाइजरमा हतियारधारी समूहको आक्रमणमा परेर १३७ जनाको हत्या


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १० २०७७
  • 7.3K
    SHARES

काठमाडौं । दक्षिण पश्चिमी नाइजरका केही गाउँमा हतियाधारी समूहको आक्रमणमा परेर १३७ जनाको मृत्यु भएको छ ।

बन्दुकधारीहरुले नाइजर र मालीको सीमा नजिक रहेको इन्टजायेन, बकोराट र बिस्ताने गाउँमा आक्रमण गरेर १ सय ३७ जनाको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसअघि त्यहाँका सरकारी अधिकारीहरुले ६० जनाको हत्या भएको बताएपनि सरकारले १३७ जनाको हत्या भएको पुष्टि गरेको हो ।

यता विद्रोही निशाना लगातार सर्वसाधारणमाथि परिरहेपनि त्यहाँको सरकारले समस्या समाधानमा चासो नदेखाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पछिल्ला दिनहरुमो नाइजरका विभिन्न गाउँमा हातियारधारी समूहको आक्रमण लगातार बढिरहेको भन्दै अन्तर्राष्ट्रिय निकायहरुले चिन्ता व्यक्त गरेका छन् ।

सरकारका प्रवक्ता जकारिया अबदुर हमानेले सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि प्रयास जारी राखेको बताउनुभएको छ । माली र नाइजरमा जारी हिंसामा परेर हजारौं सर्वसाधारण बिस्थापित भइसकेका छन् । गत मार्च १५ मा आईएसआईएल सम्बद्ध लडाकूहरुले तिल्लारी क्षेत्रमा आक्रमण गर्दा ६६ जनाको निधन भएको थियो । नाइजर, माली र बुर्किनाफासोको सीमा क्षेत्रमा भएको अर्को आक्रमणमा ३३ जना मारिएका थिए । यस्तै जनवरी २ मा भएको आक्रमणमा टिल्लेबारीमा एक सय जनाको हत्या भएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४