स्थानीय समय अनुसार ६ बजेर १८ मिनेटमा भूकम्प गएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।
भूकम्पपछि मियाजाकी क्षेत्रमा १ मिटर सम्मको सुनामी आउनसक्ने अधिकारीहरुले चेतावनी दिएका छन् । हालसम्म क्षतीको विवरण भने आइसकेको छैन ।
तर तोहोकु क्षेत्रमा द्रूत गतिको रेल सेवा (सिनकानसेन) बन्द गरिएको छ । साथै, मियाजाकी प्रिफेक्चरका २०० घरमा विद्युत आपूर्ति बन्द भएको छ ।