Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्री ज्ञवालीको प्रतिगमनको परिभाषा : पदमा पुग्न पाउँदा अग्रगमन, नपुग्दा प्रतिगमन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ६ २०७७
  • 7K
    SHARES

काठमाडौं,/  परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारको बचाउ गर्दै आलोचना गर्नेलाई ‘पदमा पुग्न पाउँदा अग्रगमन, नपुग्दा प्रतिगमन’ हुने भन्दै प्रतिगमनको परिभाषा परिभाषित गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधिसभाको संसद् बैठकमा बोल्दै सरकारलाई आलोचना गर्नेहरु पदमा पुग्न पाउँदा अग्रगमन हुने र नपुग्दा प्रतिगमन भन्ने गरेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय प्रतिगमनको परिभाषा फेरिएको छ । आफू पदमा बस्न पाउँदा अग्रगमन र पदमा नपुग्दा प्रतिगमन भन्ने गरिएको छ ।’

यसअघि मन्त्री ज्ञवालीले सरकारले दुइटै मुद्दा हारे पनि अदालतको आलोचना नगरेको बताउनुभएको छ । ‘सरकारको हिसावले भन्ने हो भने, प्रधानमन्त्रीको हिसावले भन्ने हो भने हामी दुइटै मुद्दा हारेका छौं। मुद्दा हारे पनि हामीले अदालतलाई कुनै आलोचना वा आच्छेप लगाएका छौं न कुनै ढंगले अगाडि बढेका छौं।’

सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएको केही समयपछि पुनः पूर्ववत् रुपमै एमाले तथा माओवादी व्युँतिएको संकेत गर्दै मन्त्री ज्ञवालीले दुवै मुद्दा हारेको उल्लेख गर्नुभएको हो ।

सरकारका तर्फबाट ल्याइएका विधेयकहरू संसदमा टेबुल गर्न नदिइएको पनि बताउनुभएको छ । यसअघिको संसद्को बैैठकमा एसिड आक्रमकले दर्जनौँ किशोरीहरुको आघात पुर्याएको सन्दर्भमा सरकारले ऐन संसद्मा टेबल गर्न लाग्दा नदिइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४