Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धनगढी एफसीको मुख्य प्रशिक्षकमा नाइजेरियाका फुजा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ५ २०७७
  • 3.9K
    SHARES

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम धनगढी एफसीले मुख्य प्रशिक्षकमा तोपे अयोडेजी फुजालाई अनुबन्धित गरेको छ ।

धनगढीले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षकमा नाइजेरियाली प्रशिक्षक फुजालाई अनुबन्धित गरेको जनाएको हो । फुजाकै नेतृत्वमा मनाङ मर्स्याङ्दी क्लबले २०७५ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो ।

सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रूपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ए डिभिजन लिग डेब्यू मछिन्द्र क्लबबाट गरेका थिए । धनगढीले मार्की खेलाडीको रूपमा विशाल राईलाई यस अघि नै अनुबन्ध गरिसकेको छ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४