Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले संसदीय दलको बैठकद्वारा खनाल र नेपालसहितको संसदीय बोर्ड गठन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ५ २०७७
  • 6.8K
    SHARES

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले झलनाथ खनाल र माधवकुमार नेपालसहितको संसदीय बोर्डको गठन गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार भएको बैठकले खनाल र नेपालसहित संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २४ जना सदस्य रहेको बोर्ड गठन गरेको सांसद् शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बोर्डमा प्रधानमन्त्री ओली सहित संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य छन् । त्यसबाहेक झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, बिमला राई, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, नारदमुनि राना, मोहन बानियाँ, उपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने, बिमला विक पनि बोर्डमा छन् ।

यस्तै बैठकले संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र बिमला पौडेल राईको तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको छ । कार्यदललाई ७ गतेको संसदीय दलको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव तयार गरेर पेश गर्ने जिम्मेवारी दिइएको छ ।

नेकपा एमालेको संसदीय दलमा १ सय २१ जना सांसद् रहेकाले त्यहि अनुसारका सदस्यहरूलाई जिम्मेवारी दिने सांसद् शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकले गुटगत गतिविधि गर्नेहरूलाई कारबाही गर्ने विषयमा छलफल र निर्णय नगरेको उहाँको भनाइ छ । हरेक बैठकमा शत प्रतिशत सांसद् उपस्थित हुन नसक्ने भन्दै उहाँले अर्को बैठक ७ गते विहान साढे १० बजे बालुवाटारमै बस्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४