Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बहुतले पार्किङबाट निकाल्दा झ्यालमा झुन्डियो कार, भाइरल बन्यो भिडियो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ४ २०७७
  • 5.2K
    SHARES

काठमाडौं । रुसको मस्को शहरमा पोर्से मक्यान एसयूभी विचित्र तरिकाले दुर्घटनाग्रस्त भएको छ । सो एसयूभी घरको झ्यालमा झुन्डिएको अवस्थामा देखिएको छ ।

रिपोर्टअनुसार रूसी प्रो–हक्की खेलाडी डेनिस काजिनोभले आफ्नी पत्नी र छोरासँगै बहुतले पार्किङ स्ट्यान्डबाट आफ्नो कार निकाल्दै गर्दा उक्त घटना भएको थियो । उनले आफ्नो कार निकाल्ने समयमा चिप्लो सतहको कारण चिप्लिएको र कारको ब्रेक नरोकिएपछि पार्किङ गर्ने ठाउँबाट बाहिर निस्किएको थियो ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदै गइरहेको छ । सो एसयूभीले पार्किङ गर्ने ठाउँको कच्ची पर्खालमा प्वाल पारेको स्पष्ट देख्न सकिन्छ । यद्यपि यस घटनामा कसैलाई पनि चोट लागेको थिएन । वास्तवमा कार रोक्नको लागि एउटा मेटल बिमले मदत गरेको थियो । सो बिम एसयूभीको विन्डस्क्रिनसँग सम्पर्कमा आयो र अगाडिको चक्का झुन्डिएको थियो ।

दुर्घटनाको समयमा पार्किङ गर्ने ठाउँ वरपर त्रासको वातावरण थियो । हक्की खेलाडी डेनिस काजिनोभले उक्त भवनको पार्किङ गर्ने ठाउँमा एउटा मात्र पक्की पर्खाल रहेको र बाँकी तीनतिर पर्खाल निर्माण गरिएको बताए । हिउँ पनि पार्किङको भुइँमा जमेको थियो । जसको कारण कार रोकिएन र चिप्लिएको थियो ।

ती खेलाडीले आफूलाई भाग्यमानी ठानेको कुरा पनि बताए किनभने पर्खाल भत्किरहेको बेला कार खसेको थिएन, अन्यथा अप्रिय घटना हुने थियो ।नेपाल अटो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४