Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति भण्डारीले बोलाएको बैठक धमाधम बहिष्कार गरिँदै, नेपाल, खनाल र भट्टराईले भने जाँदैनौं


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३ २०७७
  • 6.1K
    SHARES

काठमाडौं,/ राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक नेताहरुले धमाधम बहिष्कार गर्ने घोषणा गर्न थालेका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नजाने घोषणा गर्नुभएको छ ।

त्यसअघि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि बैठकमा नजाने घोषणा गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले मंगलबार अपराह्न ४ बजे पूर्वप्रधानमन्त्रीहरूसहित संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो ।

नेपाल–खनाल बुधबार हुने कार्यकर्ता भेलामा व्यस्त रहनुपरेकाले जान नसकिएको नेपाल पक्षीय नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

भट्टराई स्वास्थ्यमा समस्या देखिएकाले जान नसक्ने हुनुभएको उहाँको स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिनुभएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४