Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीन वर्षअगाडि जुन स्थितिमा थियौँ, त्यही स्थितिमा चल्नुपर्छ : नेता भीम रावल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०७७
  • 4.2K
    SHARES

काठमाडौं, /नेकपा एमाले वरिष्ठ नेता भीम रावलले पार्टी तीन वर्ष अगाडि जुन स्थितिमा थियाे, त्यही स्थितीमा चल्नुपर्ने बताउनु भएको छ ।सोमबार धुम्बाराहीमा भएको ओली–नेपाल समूहको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने पहिल्यकै अवस्था फर्कनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामी ३ वर्ष अगाडि जुन स्थितिमा थियौँ, त्यही स्थितिमा चल्नुपर्छ । सर्वोच्च अदालतको निर्णयपछि गरिएका विभिन्न केन्द्रीय समितिका निर्णयहरु शून्यमा पुग्नुपर्ने छ ।’

साथै, फागुन २८ गते भएका निर्णयहरुबारे छलफल भए पनि पूर्ण रुपमा त्यसको निष्कर्ष नआएको नेता रावलले जानकारी दिनुभएको छ । उहाँका अनुसार सर्वाेच्च अदालतको फैसलापछि राजनीतिक, वैचारिक दृष्टिकोणले पूर्ववत रुपमै फर्किएका छौँ ।

उहाँले भन्नुभयो, ‘साझा निर्णयबमोजिम कामकारबाही गरिनुपथ्र्याै तर, यस विषयमा सोमबार पूर्ण छलफल भएको छैन । अब कहिले छलफल हुन्छ आगामी बैठकमा बसेर फेरि कुराकानी हुने छ ।’

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको बैठक बिनानिष्कर्ष टुंगिएको छ । नेपाल पक्षका नेता भीम रावलले सोमबारको बैठक पूर्ण रुपमा छलफल नभएको र आगामी बैठक कहिले बसिन्छ भनेर टुंगो पनि नलागेको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४