Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नख्खुमा कण्टेनर र मोटरसाइकल ठोक्किदा कास्कीका गणेशको मृत्युु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०७७
  • 4.8K
    SHARES

काठमाडौं । ललितपुरको नख्खुदोबाटोमा गएराती साढे नौ बजे कण्टेनर र मोटरसाइकल आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीका ३७ वर्षीय गणेश प्रसाद अधिकारी रहेका छन् । नर्भिक अस्पतालमा उपचारको क्रममा गएराती ११ बजे उनको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार ललितपुर बस्ने ३२ वर्षीय रवि श्रेष्ठको अवस्था गम्भीर रहेको र सोही अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

एकान्तकुनाबाट ग्वार्कोतर्फ जाँदै गरेको ना २ ख ७५ ८३ नम्बरको कण्टेनर र विपरित दिशाबाट आउँदै गरेको वाग्मति प्रदेश ०२ ०१८ प ८३ ६९ नम्बरको मोटरसाइकल गएराती साढे नौ बजे आपसमा ठोकिएका थिए ।दुवै सवारी साधन सहित कण्टेनर चालकलाई महानगरीय प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिइसकेको छ ।

यत्ता, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ बालेगाउँमा पनि गएराती मोटरसाइकलको ठक्करबाट आठ वर्षीया बालिकाको मृत्यु भएको छ ।गएराती सवा नौ बजे घर अगाडी खेलिरहेकी स्थानीय मक्सुदा अलीकी छोरी गुलावसालाई भे ३ प ६९ ७१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको उपचारको लागि अस्पताल लैजाने तयार गर्दागर्दै घरमै मृत्यु भएको बताइएको छ ।दुर्घटना पश्चात फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४