Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीको बैठक : ‘बादल’ सहित १३ जना सांसद र १० केन्द्रीय सदस्यलाई कारवाहीको प्रस्ताव


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 2.4K
    SHARES

माओवादी केन्द्र ब्यूँतिएपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ ।  बैठकमा रामबहादुर थापा ‘बादल’ सहित १३ जना सांसद र अन्य १० जना केन्द्रीय सदस्यमाथि अनुशासनको कारबाही प्रस्ताव गरिएको छ ।

माओवादीको शनिबार सम्पन्न स्थायी समिति बैठकको निर्णय अनुसार केन्द्रीय समिति बैठक बसेको हो ।  माओवादी केन्द्रको नाम फेर्ने प्रस्ताव पनि बैठकमा पेश भएको छ । पार्टीको नाम के राख्ने भन्ने चाहिँ प्रस्ताव गरिएको छैन ।

माओवादीभित्र नेकपा (समाजवाद) वा नेपाली कम्युनिष्ट पार्टी कुन नाम राख्ने भन्नेबारे छलफल चलिरहेको छ । कतिपयले भने माओवादी ब्राण्ड छाड्न नहुने अडान पनि लिएका छन् ।

गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामाले ओलीलाई साथ दिएका छनन् । माओवादी केन्द्रले उनीहरूलाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो भने मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४