Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 4.6K
    SHARES

लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण निधन हुनेको संख्या शून्यमा झरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार पछिल्लो ६ साता यता पहिलो पटक विदेशमा संक्रमणका कारण हुने मृत्यु शून्यमा कायम रहेको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रेस संयोजक चिरन शर्माका अनुसार गत वर्ष देखि विश्वव्यापी रुपमा फैलियो कोरोना भाइरस संक्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३ सय ४१ जना नेपालीको निधन भएको थियो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। सापकोटाका अनुसार यो साता कोरोना संक्रमण दरमा समेत उल्लेख्य रुपमा कमी आएको छ । यो साता स्वीडेन, स्पेन, केन्या, युएईमा रहेका थप नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ ।

उहाँका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ३ सय ७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार २ सय ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यसैबीच, कोरोना भाइरसका कारण नेपालमा ३ हजार १४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७५ हजार १ सय ७८ जना भने २ लाख ७१ हजार २ सय ४९ जना कोरोनाबाट मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत छ ।

ढुक्क भएर खोप लगाऔँ

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार हाल विश्वभर प्रयोगमा रहेका खोपहरु सुरक्षित रहेकाले ढुक्क भएर खोप लगाउन आग्रह गर्नु भएको छ ।

खोपका विषयमा हालसम्म पनि विभिन्न खाले भ्रम यथावत रहेको भन्दै उहाँले डा सापकोटाले केही अपवाद बाहेक खोप प्रयोगबाट कुनै खाले गम्भीर समस्या नदेखिएकोले खोप प्रयोगका लागि उपयुक्त मानिएका सबैले खोप लगाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले थप्नुभयो, खोप सुरक्षित छ, तर केही विशेष अवस्थाका मानिस जस्तै जसको प्रतिरक्षा प्रणाली कमजोर छ, जटिल रोग लागेका तथा अन्य जटिल स्वास्थ्य समस्या भएकाले भने चिकित्सकसँग सल्लाह गरेर मात्रै खोप लिन हुने वा नहुने निश्चित गरेर मात्रै प्रयोग गर्नुपर्छ । खोप लगाएपछि पनि मास्कको प्रयोग, स्वास्थ्य मापदण्ड भने अपनाउनु पर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४