Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अपहरणमा परेकाे भन्दै प्रेमी भेट्नमा मस्त १४ वर्षीया बालिका !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 2.6K
    SHARES

१४ वर्षीया बालिकाले साँझ डटपेन किन्न भनेर नजिकैको पसलमा जाने क्रममा अज्ञात समूहबाट आफू अपहरणमा परेको भनी प्रहरी समक्ष दिएको बयान बदलेकी छिन् ।

सुक्ष्म अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले भन्नुभयो,  ‘बालिकाले प्रहरी र परिवारलाई दिएको बयान शनिबार फेरेकी हुन् ।’
घटना केरकारका क्रममा उनले आफू कलम किन्ने निहुँमा साँझ घरबाट निस्केर प्रेमीसँग भेट्न गएको बताएकी छिन् । घर फर्किंदा अबेर भएको हुँदा घरमा मम्मीको डरले झुटो बोलेको बयान गरिन् । उनले घर नजिकै सडक छेउको नालीमा बसेर प्रेमीसँग कुराकानी मात्रै गरेको बताएकी छिन् ।

स्वास्थ्य परीक्षण रिपोर्ट पश्चात थप विवरण खुल्ने प्रहरीले जनाएको छ । झुटको कहानी लामो भएको बताउँदै प्रहरी निरीक्षक बिष्टले बालिका यसअघि पनि उक्त प्रेमीसँग लुकीछिपी भेट्ने गरेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए ।

‘बालिकाले प्रहरी र घरपरिवारलाई झुक्याएकी रहिछन् । बालिकाका प्रेमीमाथि पनि थप अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने। अनुसन्धानका लागि प्रेमी पनि प्रहरीको नियन्त्रणमा नै छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४