Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जसपा सत्ताको दौडमा छैन्ः डा. भट्टराई


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २८ २०७७
  • 4.7K
    SHARES

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले देश गम्भिर संकटमा परेको बेलामा नेता र दलको भूमिका अपेक्षित नभएको प्रतिक्रिया दिनु भएको छ ।

उहाँले बिहीबार ट्विट गर्दै दलहरु सत्ता प्राप्तिमा लागेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । भट्टराईले यो मुसादौड (सत्ता प्राप्ति) मा जसपा नभएको दावी गर्नु भएको छ ।

भट्टराईले जसपा सत्ताको दौडमा नरहेको दावी गरेपनि जसपा र सरकारबीच सत्ता साझेदारी गर्ने विषयमा औपचारिक र अनौपचारिक वार्ता भइरहेको छ ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सत्ता गठबन्धनका विषयमा बिहीबार प्रधानमन्त्रीसँग लामो वार्ता गरेका थिए । जसपा र सरकारबीच सत्तागठबन्धनमा विषयमा आज पनि छलफल हुँदैछ ।

भट्टराइले अदालतको कृपाले अलि-अळि लाज बचेको भएपनि उही म्युजीकल चेयरको खेलमा लाग्नु दुखद भएको बताउनु भयो ।

म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिनेमा दल तथा नेताहरु लाग्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४