अदालतको फैसलापछि पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित अवस्थाबारे कसरी अघि बढ्ने भन्नेबारे बैठक छलफल गरिने जनाइएको छ । यस्तै, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनयन गरेको सन्दर्भमा पनि छलफल गरिने बताइएको छ।
यसअघि नेकपा विघटन हुँदा ४ सय ४१ सदस्यीय केन्द्रीय समितिलाई प्रधानमन्त्री ओलीद्वारा मनोनितहरु थपेर १ हजार ५ सय १ सदस्य पुर्याइएको छ ।