काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ ।अबको केही समय पछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित हुने छ ।
बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने पार्टीले जनाएको छ ।मंगलबार सत्ता समीकरणको विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गर्नुभएको थियो ।
हिजो बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा निष्कर्ष निकालेको थिएन् ।नयाँ सत्ता समीकरण नबनेसम्म केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राख्ने रणनीति माओवादी केन्द्रले बनाएको देखिन्छ ।