Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हनुमन्ते करिडोर निर्माण रोक्न माग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २४ २०७७
  • 4.9K
    SHARES

पत्रकार सम्मेलनमा समितिका संयोजक ओमप्रकाश श्रेष्ठले पीडितको माग सम्बोधन नगरी हनुमन्ते करिडोर निर्माण अगाडि बढाउन खोजे सयौँ स्थानीयवासीले प्रतिवाद गर्ने बताउनुभयो । समितिले हनुमन्ते खोला करिडोर विस्तारका क्रममा परेका जग्गाको उचित मुआब्जा दिनुपर्ने, विगतमा सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाले संयुक्तरुपमा यहाँको जग्गाको ‘ल्यान्ड पुलिङ’ गरी सबैलाई उचितरुपमा जग्गाको व्यवस्थापन गर्ने भनेर भएको सहमति कार्यान्वयन गर्नुपर्नेलगायत माग राखेको छ ।

करिडोर निर्माणका लागि जग्गा प्राप्ति गर्न कानूनबमोजिम स्थानीयवासी मूल्यअनुसारको मुआब्जा र क्षतिपूर्तिको व्यवस्था हुुनुपर्ने समितिको माग छ । करीब ११ किलोमिटर सडक विस्तार गर्दा ९५० रोपनी जमीन पर्ने भन्दै समितिका संयोजक श्रेष्ठले यसले धेरैको उठीबास लाग्ने बताउनुभयो ।

नेपालको संविधानद्वारा प्रदत्त सम्पत्तिसम्बन्धी हकको संरक्षण गर्दै अधिग्रहण गरिने जग्गाको क्षतिपूर्ति र मुआब्जा प्रयोजनका लागि सीमाङ्कन तथा नक्साङ्कन गरी डिपिआर बनाउनुपर्ने पीडितहरुको माग छ । हनुमन्ते करिडोर निर्माण गर्दा केही स्थानमा २०२१ सालको नापी नक्साअनुसार खोलाको बहाव परिवर्तन गरेको र केही ठाउँमा अहिलेकै बहावअनुसार गरेर दोहोरो नीति लिएको पीडित समितिका सल्लाहकार सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

नक्साअनुसार सूर्यविनायक र मध्यपुरथिमिको सिमाना नै परिवर्तन हुने गरी खोलाको बहाव नै परिवर्तन गरेको बताउँदै उहाँले यहाँको समस्याबारे जिल्ला प्रशासन कार्यालयमा पटकपटक छलफलका लागि जाँदा उल्टै धम्की दिइने गरेको छ भन्नुभयो । पीडितको माग पूरा नगरी यथास्थितिमा करिडोर निर्माण गरिए हुनसक्ने जुनसुकै परिस्थितिको जिम्मेवारी प्रशासनले लिनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४