Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजनीति विवाद र अन्योलका बीच प्रतिनिधिसभा बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २३ २०७७
  • 10.6K
    SHARES

काठमाडौं । तीब्र राजनीति विवाद र अन्योलका बीच प्रतिनिधिसभाको हिउंदे अधिवेशन आजबाट शुरु हुँदै छ । सर्वाेच्च अदालतले प्रतिनिधि सभा पूनस्थापना गरेपछि संसदको सातौँ अधिवेशन शुरु हुन लागेको हो ।

मुलुकको पछिल्लो तरल राजनीतिले प्रतिनिधिसभाको बैठकलाई निकै अर्थपूर्ण ढङ्गबाट हेरिएको छ । प्रधानमन्त्री के पी शर्मा ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेयता राजनीति अन्योल तीब्र छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी दुई समुहमा विभाजित छ । तर निर्वाचन आयोगले नेकपाको आधिकारिता विवाद टुंगो लगाउन सकेको छैन ।

आफु नै आधिकारिक भएको दाबी गर्दै दुवै समुहले छुट्टा छुट्टै संसदीय दलको बैठक र सचेतक चयन गरिसकेका छन् । प्रतिनिधि सभामा प्राविधिक रुपमा नेकपाको दाहाल नेपाल समुह सत्तारुढ बेञ्चमा बसेपनि सरकारको नेतृत्व गरिरहेको ओली समुहविरुद्ध छ । प्रतिनिधि सभा पूनस्थापान पछि नेकपाको दाहाल नेपाल समुह, नेपाली कांग्रेस र जसपाले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग गरेका छन् ।

तर प्रधानमन्त्री राजिनामा नदिने अडानमा रहेपछि उहांविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने रणनीतिमा दाहाल नेपाल समुह देखिएको छ । अहिले प्रतिनिधि सभामा नेकपाका सभामुुखसहित १७३, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टी (जसपा)का ३२ सांसद छन् ।

नेकपाका सानु शिवाको निधनपछि एक पद रिक्त छ भने कांग्रेस र जसपाका दुई दुई सांसद अदालतको आदेशनुसार निलम्बनमा छन् । राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीका एक एक र एक जना स्वतन्त्र सांसद प्रतिनिधिसभामा छन् । विधेयक अधिवेशनका रुपमा रहने यो हिँउदे अधिवेशनले प्रतिनिधि सभामा विचाराधीन ३८ विधेयकलाई अघि बढाउन सक्ने कार्यदेश छ ।

आजको यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्षनेताले शुभकामना मन्तव्य दिनुहुने बताइएको छ ।

सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै फागनु ११ गते १३ दिन भित्र बैठक बोलाउन समयसीमा तोके अनुसार आज अपरान्ह् चार बजे बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो । राष्ट्रियसभाको सातौँ अधिवेशन भने पुस १७ गते नै आह्वान भई केही दिन चलेपछि अन्त्य भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४