Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टेस्ट सिरिज भारतलाई, टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २२ २०७७
  • 4.5K
    SHARES

एजेन्सी । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको चार खेलको टेस्ट सिरिज जितेको छ ।

शनिबार भएको चौथो तथा अन्तिम टेस्टमा इंग्ल्यान्डमाथि एक इनिङ्स र २५ रनको जित निकाल्दै भारतले सिरिज ३–१ ले आफ्नो बनायो । जितसँगै भारत आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा समेत पुगेको छ । अब भारतले टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ ।

नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार इंग्ल्यान्ड दोस्रो इनिङ्समा १ सय ३५ रन जोड्दा अलआउट भएपछि भारतले एकै इनिङ्समा जित निकालेको हो । इंग्ल्यान्डका लागि दोस्रो इनिङ्समा डान लरेन्सले ५० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान जोय रुटले ३० रन बनाए ।

भारतका अक्षर पटेल र रविचन्द्र आश्विनले ५-५ विकेट लिए ।

यसअघि भारतले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ६५ रन बनाएको थियो । भारतका ऋषव पन्तले १ सय १ रनको शतकीय इनिङ्स खेले । रोहित शर्माले ४९ रन जोड्दा कप्तान विराट कोहली सुन्य रनमा आउट भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४