Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भ्रमपूर्ण समाचार प्रशारण गरेको भन्दै मेगा बैंकको आपत्ति


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 5.4K
    SHARES

काठमाडौं, / मेगा बैंक नेपाल लिमिटेडल एभिन्यूज टेलिभिजनको “खबर भित्रको खबर” कार्यक्रमबाट प्रसारित खबरप्रति गम्भीर आपत्ति तथा ध्यानाकर्षण भएको जनाएको छ । फाल्गुण १९ गते उक्त टेलिभिजनमार्फत सत्य तथ्यलाई बङ्ग्याई भ्रामक, झुट्टा र काल्पनिक सामाग्री तयार गरी जनमानसमा भ्रम सिर्जना गर्ने गर्नेगरि बिषयवस्तु प्रशारण गरेको बैंकको आरोप छ ।

मेगा बैंक नेपाल लिमिटेडसँग असम्बन्धित व्यक्तिलाई अगाडि सारेर सुनियोजित ढंगबाट अत्यन्तै पूर्वाग्रही, तथ्यहीन र व्यक्तिगत एवं संस्थागत चरित्रहत्या गर्दै पत्रकार आचारसंहिता, २०७३ को समेत उल्लंघन गरी एकतर्फी रुपमा बैंकको सार्वजनिक प्रतिष्ठामा आँच पु¥याउने गलत मनसायले उक्त सामग्री प्रशारण गरेको बिज्ञप्तिमार्फत जनाएको छ । समाचारमा पीडित भनिएका उत्तम कुमारले आफ्नै स्वामित्वमा रहेको ग्लोवल माउन्टेन आउटवेयर उद्योगको नाममा उद्योगकै नामको जग्गा धितो राखि ४ बर्ष पहिले ८ करोड कर्जा उपभोग गरेका जनाएको छ ।

त्यसपछि ९ महिना नपुग्दै उनले कर्जा नियमित गर्न छाडेपछि बैंकले कर्जाको साँवा ब्याजको लागि ताकेता गर्दा २०७७ पौष ४ गते उद्योग विभाग, घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंमा गई आफ्नो उद्योगको सम्पूर्ण सम्पत्ति तथा दायित्व भुमादेवी गौतमको नाममा नामसारी गरी दुबै जनाले मिति २०७४ पुष १२ मा कर्जा नामसारी गर्न बैंकमा निवेदन दिए बमोजिम सोही अनुरुप कर्जा नामसारी भएको जनाएको छ ।

त्यस्तैगरी कर्जा प्रवाह भएको २ बर्षपछि बैंकले धितोमा रहेको सम्पत्तिबाट कर्जा असुलीको कारवाही प्रारम्भ गरेपश्चात् मात्र दायर भएका विभिन्न मुद्दाहरुमा पेश भएको कागजबाट उत्तम कुमार र भुमादेवी गौतमको बीचमा घरजग्गा सट्टापट्टाको कागज गरेको व्यहोरा बैंकलाई जानकारी हुन आएको बैंकले जनाएको छ ।

उत्तम कुमार र भुमादेवीबीच भएको सट्टापट्टाको कारोबारको विषयलाई लिएरकाठमाडौं जिल्ला अदालतमा चलेको ठगी मुद्दामा निज उत्तम कुमारको ठगीको उजुरीदावी पुग्न नसक्ने गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट मिति २०७७ असोज १३ गते पैmसला भएको बैकले जनाएको छ ।
ि
उत्तम कुमार र भुमादेवीको बीचमा भएको आपसी लेनदेन कारोबारमा बैंकको कुनै संलग्नता नरहेको पनि बैंकले जनाएको छ ।

त्यस्तैगरी बैंकले ग्लोबल माउन्टेन आउटवेयर उद्योगका अलावा गुरुदत्त पौडेल एकल सञ्चालक रहेको विश्वास मल्टिपर्पोज प्रा.लि. र सेन्सेसन लिकर हाउस प्रा. लि.समेतलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको दफा ५५ तथा बैंकको नियमानुसार कर्जाको पूर्ण सुरक्षण हुने गरी कर्जा प्रदान गरिएको जनाएको छ ।

बैंकमा धितो राखेको सम्पत्ति कुनै जग्गाधनीले कसैलाई दिने गरी आन्तरिक सम्झौता वा लिखत गरेकोमा सो सम्पत्ति बैंकको ऋण तिर्न नसकी सम्झौता कार्यन्वयन हुन नसक्ने अवस्था भएमा बैंकको कुनै जिम्मेवारी हुँदैन ।

विश्वास मल्टिपर्पोज प्रा. लि.को ऋणका लागि धितोमा रहेको जग्गामा रहेको घरमा निज पीडित भनिएका उत्तम कुमार बसेका रहेछन् । बैंकले लिलामी सूचना प्रकाशित गरेपछि पीडित भनिएका व्यक्तिले उक्त घरमा बसी रहन पाउनुपर्ने भनी बैंक समेतका विरुद्ध काठमाडांै जिल्ला अदालत तथा उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा दिएकोमा सम्मानित अदालतहरुबाट निजको दाबी अधिकार
नपुग्ने भनी दुबै मुद्दा खारेज भएको जनाएको छ ।

आफूले लिएको ऋण अन्य व्यक्तिलाई हस्तान्तरण गर्ने, बैंकको साँवा ब्याज नतिर्ने अनि बैंकले असुलीको कारवाही गर्दा पीडित भएँ भनी हिड्ने व्यक्तिको तथाकथित भनाईलाई आधार मानी बैंकको ख्याति, प्रतिष्ठा, इज्जतमा गम्भीर असर पुग्ने गरी सर्वसाधारणलाई “कारोबार नगर्नु, निक्षेप जोखिममा छ, राष्ट्र बैंकले के हेरिरहेको छ ?” भन्ने जस्ता विशेषणयुक्त दण्डात्मक आदेश प्रकृतिको मनोगणन्ते काल्पनिक खबर प्रसारित भएका उक्त समाचारहरुलाई बिश्वास नगर्न बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४