Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्थमन्त्री पौडेल र उद्योगमन्त्री भट्ट रुपन्देहीको एक कार्यक्रम स्थलबाटै लखेटिए


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 3.6K
    SHARES

बुटवल,/अर्थमन्त्री विष्णू पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट कार्यक्रम स्थलबाट लखेटिएका छन् । शुक्रबार मन्त्रीद्वय पौडेल र भट्ट मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न रुपन्देही पुग्नु भएको थियो । उहाँहरुले ठूलो सुरक्षा घेरामा रहेर औद्योगिक क्षेत्रको सिलान्यास गर्नुभएको थियो । तर उहाँहरुले स्टेजमा गएर भाषण गर्न थालेपछि स्थानीयले ढुंगामुढा गरेका थिए ।

मन्त्री पौडेल र मन्त्री भट्टले २ दुई दुई मिनेट पनि भाषण नगरि हिड्नु भएको थियो । स्थानीयले कार्यक्रमको बोर्डका साथै मन्त्री पौडेललाई भुमाफिया भन्दै नाराबाजी गरेको थिए । त्यपछि ओली समुहका कार्यकर्ता र स्थानीयबीच ढुंगा हानाहान हुन थालेपछि प्रहरीले केहीलाई नियन्त्रणमा समेत लिएको बताइएको छ ।

सरकारले स्थानीयले पहिलेबाटै भोगचलन गर्दै आएको गग्गाका विद्यालय, वन, मठ मन्दिरको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागेपछि स्थानीयले बिरोध गर्दै मन्त्रीहरुको कार्यक्रम बिथोलेका हुन् । त्यस्तैगरी आफूहरुसँग प्रतिबद्धता गरेअनुसारका काम नगरि त्यसको बिपरित र अपार्दर्शी ढंगले काम गरेको स्थानीयको आरोप छ ।

कुनै प्रकारको प्रकृया नै पूरा नगरि सरकारले आफ्नो लोकप्रीयताका लागि शिलान्यास गर्न हतारो गरेको उनीहरुको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४