Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अस्ट्रेलियाको शानदार जित, सिरिजको छिनोफानो आइतबार हुने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 8.2K
    SHARES

एजेन्सी । न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५० रनले पराजित गर्दै अस्ट्रेलियाले सिरिजमा दुई–दुई को बराबरी गरेको हो ।

१ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १८.५ ओभरमा १ सय ६ रन बनाएर अलआउट हुँदा अस्ट्रेलियाले शानदार जित हात पारेको हो । न्यूजिल्याण्डका लागि केल जेमिसनले ३०, टीम सेफर्टले १९ तथा डेभन केन्वेलले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । अस्ट्रेलियाका केन रिचर्डससनले ३ तथा ग्लेन म्याक्सवेल, एडम जाम्पा र एस्टन अगरले समान २–२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायो । उसका लागि कप्नान एरोन फिन्चले ७९ रनको अर्धशतकीय पारी खेले । यसका अलावा मार्कस स्टोयनिस १९, ग्लेन म्याक्सवेल १८, म्याथू वेड १४, जोस फिलिप्सले १३ रन जोडे । न्यूजिल्याण्डका इस सोधिले तीन तथा ट्रेन बोल्टले दुई विकेट लिए ।

पाँच खेलको सिरिजमा न्यूजिल्याण्ड र अस्ट्रेलियाले समान दुई–दुई जित निकालेका छन् । सिरिजको छिनोफानो आइतबार हुने खेलले गर्नेछ । सिरिजको पाँचौं तथा अन्तिम ट्वान्टी–ट्वान्टी खेल नेपाली समय अनुसार आइतबार बिहान पौने पाँच बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४