Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तापसी पन्नु र अनुराग कश्यपकाे छापा काण्डः ६ सय ५० करोड भन्दा बढीको हिनामिनाको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 3.5K
    SHARES

एजेन्सी । भारतको आयकर विभागले ६ सय ५० करोड रुपैयाँ भन्दा बढीको हिनामिना भएको विवरण सार्वजनिक गरेको छ । हिनामिनाको आरोपमा विभागले दुई फिल्म निर्माण कम्पनी, दुई ट्यालेन्ट हन्ट कम्पनी र एक अभिनेत्रीको घर तथा कार्यालयमा छापा मारेको त्यहाँको केन्द्रीय प्रत्यक्ष कर बोर्डले जनाएको छ ।

बोर्डले कसैको पनि नाम उल्लेख नगरी बुधबारदेखि भएको अनुसन्धानको विवरण सार्वजनिक गरेको हो । बलिउड अभिनेत्री तापसी पन्नु र निर्माता अनुराग कश्यपसँग जोडिएको कम्पनीहरूमा पनि आयकर विभागले बुधबारदेखि छापा मारेको थियो ।

त्यहाँका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले तापसी पन्नुको घरबाट ५ करोड रुपैयाँको नगद भुक्तानी गरेको रसिद भेटिएको उल्लेख गरेको छ । फ्यान्टम फिल्म्स्विरुद्ध कर छलीको अनुसन्धान गरिरहेको आयकर विभागले सोही मुद्दाको सिलसिलामा अनुराग कश्यपसम्बन्धित कार्यालय र तापसी पन्नुको घर तथा कार्यालयमा छापा मारेको समाचारमा उल्लेख गरिएको छ ।

टाइम्स अफ इन्डियाको खबर अनुसार आयकर विभागका अधिकारीहरूले अनुराग र तापसीलाई होटलमा राखेर सोधपुछ गरेको थियो । विभागले तापसीले पाएका दर्जनभन्दा बढी प्रोजेक्ट र त्यसबापत धनराशीको विषयको चाँच गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४