Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्यूजिल्याण्डमा ७ दशमलव २ म्याग्नेच्युडको शक्तिशाली भूकम्प


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 7K
    SHARES

काठमाडौं । न्युजिल्यान्डमा ७ दशमलव २ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको जनाएको छ ।

तीन पटकसम्म आएका भूकम्पको धक्कपछि सो क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । उत्तरी क्षेत्रका टापुहरुको तटीय क्षेत्रमा सुनामीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिएको त्यहाँको सरकारले जनाएको छ ।

राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटमा सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन सर्वसाधारणलाई अपील गरेको हो । सो क्षेत्रमा सुनामीको चेतावनी दिएसँगै सर्वसाधारण सुरक्षित स्थानतर्फ जान थालेको बताइएको छ ।

भूकम्पका कारण न्यू क्यालेन्डोनिया र भानुआटुको दक्षिणी क्षेत्रमा पानीको छाल र सतह बढेको बताइएको छ । सो क्षेत्रमा १० फिटभन्दा माथिसम्म पानीका छालहरु आएकाले थप क्षति हुन नदिन स्थानीय प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ लैजान थालेको बताइएको छ ।

सो भूकम्पपछि दक्षिण अमेरिकाका पेरु इक्वेडर र चिलीलगायतका राष्ट्रहरु सुनामीबाट प्रभावित हुनसक्ने बताइएको छ । गतहप्ता मात्र न्यूजिल्याण्डले ६ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको १० औं स्मृति दिवस मनाएको थियो । सो भूकम्पमा परेर दक्षिणी टापुमा रहेका चर्चहरु क्षतिग्रस्त हुँदा १८५ जनाको मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४