Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मलको समस्या सधैँको लागि अन्त्य भयो– मन्त्री अर्याल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २० २०७७
  • 3.7K
    SHARES

काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले मलको समस्या सधैँको लागि अन्त्य भएको बताउनुभएको छ ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्या सधैँको लागि अन्त्य भएको बताउनुभयो । आफूले मन्त्रालय सम्हालेपछि तत्कालीन रूपमा देखिएको समस्यालाई तत्काल समाधान गर्दै लगेको बताउनुभयो ।

मन्त्री अर्यालले मध्यकालिन समस्याको समाधानको रूपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ती गर्न थालिएकाले मलको समस्या हटेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगामी वर्षको धान सिजनका लागि मौज्दात रहने समेत बताउनुभयो ।

मन्त्री अर्यालले अहिलेको मौज्दातले अर्को वर्ष साउनदेखि असोजसम्मको माग धान्ने जानकारी दिनुभयो । आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुने गरी प्रथम चौमासिक अवधिमा ३ लाख मेट्रिक टन मल आपूर्तीको प्रक्रिया सुरु गरिने पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४