Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरा रंगशालामा ओलीले भने : म पनि अलिअलि टोले खेलाडी हुँ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १८ २०७७
  • 9.2K
    SHARES

पोखरा । प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्नेबित्तिकै सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली पोखरा रंगशाला निरीक्षणमा पुगे । रंगशालामा राजनीतिक नेताहरु, खेलप्रेमी, प्रशिक्षक र खेलाडी ओलीलाई स्वागत गर्न पुगेका थिए ।

पोखरा रंगशालाको अवस्थाबारे बुझ्ने र निर्माणाधीन योजनाहरु हेर्न रंगशाला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले जवानीमा आफू पनि खेलाडी रहेको सम्झिए ।

जवानीमा सबै युवा एक पटक खेलाडी बन्ने बताउँदै आफूले बास्केटबल खेल्न थालेको तर नसकेपछि छोडिदिएको ओलीले बताए । ‘बास्केटबल खेल्न खोजेको मबाट हुने रहेनछ भनेपछि मैले छोडिदिएँ,’ ओलीले भने, ‘म युवाहरु जवानीमा एक खालको खेलाडी हुन्छन् । कोही टोले खेलाडी, कोही जिल्लाको खेलाडी । म पनि अलिअलि टोले खेलाडी हो ।’

पछिल्ला दिनमा नेपाली खेलकुदले सफलता हात पारेको भन्दै ओलीले अझै १० औं गुणा, सयौं गुणा सफलता हात पार्न चुस्तदुरुस्त र चतुर रहनुपर्ने सुनाए ।

विभिन्न खेलका कोर्ट, मैदान, कभर्डहल, निरीक्षण गर्दै फुटबल स्टेडियम पुगेका प्रधानमन्त्री ओलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले ब्रिफिङ गरे ।

गेटबाट छिर्नेबित्तिकै बास्केटबल कोर्ट छ । नजिकै ब्याटमिन्टन कभर्ड हल निर्माण सम्पन्न भइसकेको छ । १३ औं साग प्रतियोगिता अगाडि नै मल्टिपल कभर्ड हल बनिसकेको छ ।

फुटबल स्टेडियम, स्क्यास, भलिबल, आर्चरीलगायतका कोर्टबारे जानकारी दिँदै सिलवालले क्रिकेट मैदान खेल्न योग्य भए पनि प्यारापिट लगायतका संरचना नभएको ब्रिफिङ गरे । १६ हजार ५ सय सिट क्षमताको फुलबल प्यारापिट निर्माण भइसकेको र ३ हजार ५ सय सिट निर्माण भइरहेको सिलवालले बताए ।

३५ करोड रुपैयाँ लागत अनुमान गरिएको हिटिङ स्वीमिङ पुल, मिनी कभर्ड हल रकमको अभावले टेन्डर हुन नसकेको सिलवालले प्रधानमन्त्रीलाई सुनाए । खेलकुदलाई पर्यटनसँग जोडेर हब बनाउने बताइरहेको छ ।

रातिमा पनि खेल खेलाउन फ्लडलाइट जडान गर्न १२/१३ करोड रुपैयाँ अझै आवश्यक रहेको उनले सुनाए । बजेट नहुँदा क्रिकेट रंगशाला निर्माणले गति लिन सकिरहेको छैन ।

अब नवौं राष्ट्रिय खेलकुद आयोजना पोखरामै हुँदैछ । सबै जिल्लामा एक एक वटा खेल खेलाउने योजना भए पनि त्यसको तयारी अगाडि बढ्न सकेको छैन ।

छिटो बजेट निकासा भयो भने काम पनि छिटो अगाडि बढाउन सकिने भन्दै परिषदका सदस्य सचिव सिलवालले प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले रंगशालामा सरकारले केके गर्नुपर्छ गर्न आग्रह गर्दै रकमको कुनै कमी नहुने आश्वासन दिए । पहिले आउँदा पोखरा रंगशाला चौरमात्रै रहेको बताउँदै आफू ब्याडमिन्टन खेलेको ओलीले सुनाए । पोखरा रंगशालालाई पूर्ण रुपमा सम्पन्न गराउन केन्द्र सरकारको तर्फबाट के गर्न सकिन्छ त्यो आफूले गर्ने ओलीले प्रतिवद्धता जनाए ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता भएको पोखरा रंगशाला पोखरा, गण्डकी प्रदेश, र नेपालको मात्रै नभएर पोखरा रंगशाला दक्षिण एशियाकै भएको ओलीको भनाइ थियो ।

खेलाडीलाई प्रोत्साहन र सुविधा दिन सरकारले प्रारम्भ गरेको ओलीले बताए । दक्षिण एसियाली खेलकुदका ५१ जना स्वर्ण र २ सय ७ पदक विजेता खेलाडीलाई सम्मान गरेको बताउँदै उनले खेलकुदमा ठूलो सफलता हात पारेको दाबी गरे ।

‘१२ औं दक्षिण एसियाली खेलकुदबाट १३ औंमा आउँदा १७ गुणा बढी स्वर्ण पदक ल्यायौं,’ ओलीले भने, ‘इमान्दारिताका साथ खेल्नुस्, नेपालीलाई कसैले उछिन्न सक्दैन ।’

१० औं गुणा माथि उठ्ने गरी खेलकुद जगतले प्राप्त गरेको टेक्निक प्रयोग गरेर खेलाडी खेल सिकाउन ओलीले प्रशिक्षकहरुलाई आग्रह गरे । ‘उत्तेजित बनाउने औषधि प्रयोग गर्नु हुँदैन, ठगाइमा हामी कहिल्यै पनि जाँदैनौं,’ ओलीले भने, ‘हामी बेइमानी गरेर जित्दैनौं, उत्कृष्ट प्रदर्शन गरेर जित्छौं ।’

जुनसुकै खेल पनि पहिले दिमागले खेलेरमात्र बलले खेलिने उनको भनाइ थियो । चेसबाहेकका खेलमा बल चाहिने बताउँदै ओलीले लुँडो खेलेर टाइमपास नगर्न खेलाडीलाई आग्रह गरे ।

‘चेसमा बुद्धिमात्र लगाए पुग्छ, अभ्यास भए पुग्छ । लुँडो खेल्नुभयो भने न बल न बुद्धि । त्यसलाई टाइमपास भनिन्छ,’ ओलीले भने, ‘बुद्धि र तागत बढाउने खेलतर्फ तपाईंहरुको ध्यान जाओस् ।’

खेलाडीले रिसाउन नहुने बताउँदै ओलीले रिस घरमा पनि राख्न नहुने बताए । ‘रिस छोडिदिनुपर्छ र मसल, मुटुलाई मजबुत राख्नुपर्छ,’ ओलीको सुझाव थियो । ओलीले राम्रो अभ्यास गरेमा नेपाली खेलाडीलाई कसैले जित्न नसक्ने दाबी गरे ।

पोखरा रंगशालालाई निर्माणको कामलाई छिट्टै सम्पन्न गर्ने उनले दावी गरे । रंगशाला बनाउँदा पार्किङलाई विशेष ध्यान दिन ओलीले सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४