Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्व सांसद डा. शंकरप्रसाद उप्रेतीको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १६ २०७७
  • 3.8K
    SHARES

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेस झापाका पुराना नेता एवं पूर्व सांसद डा. शंकरप्रसाद उप्रेतीको निधन भयो । वि.स. २०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेसका तर्फबाट ६ वर्षसम्म राष्ट्रिय सभाका सदस्य रहेका उप्रेतीको शनिबार राति काठमाडौमा निधन भएको हो ।

उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटक–पटक जेल नेल भोगेका थिए । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका उप्रेतीले चिकित्सकका रुपमा वि.सं. २०१८ सालमा कैलालीको धनगढीबाट सेवा शुरु गरेर पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरेर करिब ५० बर्षको अवधिमा लाखौं जनाको उपचार गरेका थिए ।

आर्थिक रुपले सामान्य स्थितिमा रहेका जो कोहि नागरिकले उनीबाट निःशुल्क उपचार पाएका थिए । प्रसिद्ध साहित्यकार प्रा.डा. सञ्जिव उप्रेतीका पिता डा. शंकरप्रसाद उप्रेतीको निधनप्रति सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

देउवाले भनेका छन्, ‘उहाँको निधनबाट मैले एक पुरानो साथी, पार्टीले एक निष्ठावान अग्रज र समाजले अथक समाजसेवी गुमाएको छ ।’

उप्रेतीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सभापति देउवाले गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४