Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भागरथीको हत्या आरोपी दिनेशको डीएनए परिक्षणका लागि काठमाडौं पठाइयो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १६ २०७७
  • 11.1K
    SHARES

बैतडी,/  बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डीएनए परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।

डीएनए परीक्षणका लागि रगतलगायतका आवश्यक पदार्थ राष्ट्रिय विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको हो ।

डीएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

परीक्षण रिपोर्ट केही दिनमै आउने बताइएको छ ।

यसअघि भागरथीको भजाइनल स्वाब प्रयोगशाला पठाइएको भए पनि रिपोर्ट आएको छैन् ।

गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दा माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।

घटनामा संलग्न रहेको आरोपमा गत फागुन ५ गते प्रहरीले दिनेशलाई सार्वजनिक गरेको थियो ।

यस्तै भागरथीको हत्यामा संलग्न दिनेशमाथि अनुसन्धानका लागि शुक्रवार जिल्ला अदालतबाट तेस्रोपटक ५ दिनका लागि म्याद थप गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४