Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जिम्मेवार व्यक्तिको गैरजिम्मेवार बोली इश्वर पोखरेलले सर्वोच्चका न्यायाधीशलाई भने : तिमी भन्दा शक्तिशाली जनता हुन्


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १५ २०७७
  • 6.2K
    SHARES

काठमाडौं । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति जनाएका छन् । आफू निकट विद्यार्थीले राजधानीमा गरेको कार्यक्रममा पोखरेलले मुलुकलाई अस्थिरता धकेल्नेगरी फैसला आएको भन्दै असहमति रहेको बताए ।

‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चको न्यायाधीशहरु होइनन् र हुन सक्दैनन् । सवैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन्’, उनले भने । तर, लोकतन्त्र र शक्ति पृथकीकरणमा विश्वास गर्ने भएकाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने पोखरेलले बताए ।

सर्वोच्चको फैसला प्रति असहमति रहेको जनाउँदै पोखरेलले भने, ‘तिमी भन्दा शक्तिशाली न्यायाधीशहरु जनता हुन् । जनताले गर्ने फैसलाको प्रतीक्षामा छौं हामी । त्यसको तयारीमा छौं ।’

सर्वोच्च अदालतको फैसलाबारे बोल्नु हुन्न भन्ने सोचाइ राख्नेहरुको सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘यो विरुद्धमा होइन, हाम्रो असहमति हो । विश्लेषणको आधारमा गरेको हाम्रो अहसमति । हामीले भनेका छौं– तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दैथियो, त्यही दुर्भाग्यतिर जानको लागि प्रेरित गरेको छ ।’

पोखरेलले सर्वोच्चको फैसलाकै कारण मुलुक विकास र समृद्धिमा बाधा पुग्ने जिकिर गरे । अराजकतालाई बढावा दिनेगरी फैसला आएको भन्दै पोखरेलले मुलुकलाई घिनलाग्दो राजनीतिक खेलतर्फ धकेलेको पनि बताए । उपप्रधानमन्त्री पोखरेलले सर्वोच्चको फैसला प्रति दुख व्यक्त गर्न पनि आह्वान गरे ।

कार्यक्रममा पोखरेलले के भने ? 

हामी लोकतन्त्रमा विश्वास गर्छौ, शक्ति पृथकीकरणमा विश्वास गर्छौ । तर, अदालतको फैसलालाई त्यस हिसाबले मान्दामान्दै पनि हामी भन्न चाहन्छौं– सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश यो सर्वोच्चको न्यायाधीशहरु होइनन् र हुन सक्दैनन् । सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन् ।

जनताले गर्ने फैसलाको प्रतीक्षामा छौं हामीहरु । हामी लोकतन्त्रमा विश्वास गर्ने भएको हुनाले, शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गर्ने भएको हुनाले, सर्वोच्च अदालतले गरेको फैसलालाई मान्दछौं ।

त्यो मान्दछौं भनेको अर्थ हामी त्यसलाई कार्यान्वयन पनि गर्छौ । तर, हामी के विश्वास व्यक्त गर्दछौं भने तिमी भन्दा शक्तिशाली न्यायाधीशहरु जनता हुन् । जनताले गर्ने फैसलाको प्रतीक्षामा छौं हामी । त्यसको तयारीमा छौं । यो कुरामा जोड दिन चाहन्छौं ।

अहिले पनि सर्वोच्च अदालतले गरेको फैसलामा बोल्न हुँदैन भन्ने यस्ता खाले सोचाइ राख्ने मान्छेहरु पनि छन् । यो विरुद्धमा होइन, हाम्रो असहमति हो । विश्लेषणको आधारमा गरेको हाम्रो अहसमति । हामीले भनेका छौं, तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दैथियो, त्यही दुर्भाग्यतिर जानको लागि प्रेरित गरेको छ ।

यो अदालतको फैसलाले त्यही कुरा गरेको छ । त्यसकारणले राजनीतिक अस्थिरता निम्त्याउने, यो अस्थिरताका कारणले आर्थिक विकास र समृद्धिमा बाधा पुर्‍याउने , अराजकतालाई बढावा दिने, मुलुकुको एउटा राष्ट्रियता र स्वाभिमानलाई कमजोर बनाउने काम हुनेछ ।

अब राजनीतिमा हिजो ५२ सालपछि जुन ढंगको घिनलाग्दो खेल सुरु भयो । त्यही खेलको पुनरावृत्ति हुनेछ । दुखका साथ भन्न चाहन्छु, सम्मानित सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई त्यही फोहोरी आहालतिर धकेलेको छ । यसप्रति म दुख व्यक्त गर्न चाहन्छु । हामी सबैले त्यो फैसलालाई त्यस हिसाबले दुख व्यक्त गर्नुपर्दछ भन्ने कुरा पनि म राख्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४