Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सामसुङलाई पछि पार्दै एप्पल बन्यो सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्ड !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १४ २०७७
  • 6.2K
    SHARES

विश्व स्मार्टफोन बजारमा आइफोन सबैभन्दा धेरै चर्चा गरिने तथा सबैभन्दा धेरै बिक्री हुने मध्येको स्मार्टफोन हो । तर जब स्मार्टफोन निर्माता कम्पनीहरुबीचको प्रतिस्पर्धाको कुरा आउँछ तब आइफोन निर्माता कम्पनी एप्पल भन्दा अगाडि अर्को कम्पनी रहँदै आएको छ , त्यो हो सामसुङ ।

सामसुङ लगातार रुपमा विश्व स्मार्टफोन बजारमा नम्बर वान रहँदै आएको छ । तर पछिल्लोपटक एप्पलले ल्याएको आइफोन १२ सिरिजले स्मार्टफोन बजारमा पासा पल्टाइदिएको छ ।

गार्टनरको पछिल्लो रिपोर्ट अनुसार आइफोन १२ सिरिजको उच्च माग तथा बिक्रीकै कारण सामसुङलाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ ।

रिपोर्ट अनुसार पछिल्लो त्रैमासिकमा एप्पलले विश्व बजारमा ८ करोड स्मार्टफोन बिक्री गर्न सफल भएको छ । त्यो संख्या अरु जुनसुकै स्मार्टफोन ब्राण्डको भन्दा धेरै हो । अर्को उल्लेखनीय कुरा के भने यो पटक सन् २०१६ यता पहिलोपटक एप्पलले सामसुङ भन्दा बढि स्मार्टफोन बिक्री गर्न सफल भयो ।

उक्त त्रैमासिकमा आइफोन बिक्रीको दरमा १४.९ प्रतिशतले बढोत्तरी भयो । जबकि सोही अवधिमा सामसुङका स्मार्टफोनको बिक्रीदर चाहीँ ११.८ प्रतिशतले घटेको छ ।

धेरै खाले स्मार्टफोनहरु बजारमा ल्याउने सामसुङको तुलनामा एप्पलले निश्चित मोडेलका आइफोन मात्रै बजारमा ल्याउँदा समेत आइफोन १२ र आइफोन ११ समेतको उच्च बिक्रीदरका कारण एप्पलले समग्रमा ८ करोड गोटा आइफोन बेच्ने कोशेढुंगा पार गरेको हो ।

गार्टनरका अनुसार पहिलो फाइभ जी आइफोनको रुपमा रहेको आइफोन १२ लञ्च गरेकाले नै सन् २०२० को चौथो त्रैमासिकमा दोहोरो अंकको वृद्धिदर हासिल गर्न सफल भएको हो ।

सन् २०२० को चौथो त्रैमासिक अवधिमा दोस्रो स्थानमा झरेपनि सन् २०२० को समग्र वर्षको बिक्रीको हिसाबले चाहीँ सामसुङ पहिलो स्थानमै रहेको छ । रिपोर्ट अनुसार अघिल्लो वर्ष सामसुङले चिनिया स्मार्टफोन ब्राण्डहरु साओमी, ओप्पो तथा भिभो लगायतकासँग कडा प्रतिस्पर्धा गर्नुपर्यो ।

सन् २०२० मा समग्रमा सामसुङको स्मार्टफोन बिक्रीदरमा १४.६ प्रतिशतको गिरावट आयो । यस वर्ष टप फाइभ स्मार्टफोन ब्राण्डमध्ये सकारात्मक वृद्धिदर हासिल गर्न सफल भएका स्मार्टफोनमा केवल एप्पल र साओमी मात्र रहेका छन् । सन् २०२० मा एप्पलका आइफोनको बिक्रीमा समग्रमा वार्षिक ३.३ प्रतिशतको वृद्धिदर हासिल भयो ।

गार्टनरका अनुसार सन् २०२० को चौथो त्रैमासिकमा विश्वमा स्मार्टफोनको बिक्रीमा ५.४ प्रतिशतले गिरावट आयो । जबकि समग्र वर्षभरमा चाहीँ १२.५ प्रतिशतको गिरावट देखिएको थियो ।

रिपोर्ट अनुसार फाइभ जी स्मार्टफोन र सस्तो तथा मध्यम मूल्यका स्मार्टफोनको बिक्रीदर उच्च भएकै कारण चौथो त्रैमासिकमा बजारको गिरावटमा केही कमी आएको हो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४