काठमाडौं । अर्थ मन्त्रालयमा सहसचिवहरुको खटनपटन भएको छ । अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाललाई सरुवा गरेको छ । उनी यसअघि अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा थिए ।
यसअघि भन्सार विभागको नेतृत्वमा रहेका सुमन दाहाललाई भने अर्थमन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा ल्याइएको छ । प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका दीर्घराज मैनालीलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पदस्थापन गरिएको छ ।