Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एनभिए क्लब भलिबल लिग चैतमा गर्ने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १३ २०७७
  • 5K
    SHARES

काठमाडौं । नेपाल भलिबल संघले एनभिए क्लब भलिबल लिग प्रतियोगिता आगामी चैतमा आयोजना गर्ने तयारी गरेको छ । बुधबार काठमाडौंमा बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले चैतमा क्लब लिग आयोजना गर्ने विषयमा छलफल गरेको हो ।

कोभिड–१९ का कारण लामो समयदेखि संघले भलिबल प्रतियोगिता गर्न सकेको थिएन । गत वर्ष चैतमा बंगलादेशमा पुरुषको सेन्ट्रल जोन हुने भनिएकोमा कोभिडकै कारण स्थगित भएको थियो । त्यतिबेला पुरुष टिमले प्रशिक्षण सुरु गरेपनि स्थगित भएको थियो ।

संघका अध्यक्ष मनोरन्जन रमण शर्माले चैत १९ देखि २६ गतेसम्म क्लब लिग गर्ने विषयमा छलफल भएको अनलाइनखबरलाई बताए । ‘हामीले चैत १९ देखि २६ सम्म महिला र पुरुष दुवैको क्लब लिग आयोजना गर्ने विषयमा छलफल गरेका छौँ ।’ शर्माले भने, ‘अब त्यसका लागि राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिने निर्णय भएको छ ।’

शर्माले कोरोना भाइरसको भ्याक्सिन लगाएर खेल सुरु गर्न पाए सहज हुने समेत बताए ।
२०७७ साल वैशाखमा एनभिए क्लब लिग आयोजना गर्ने तय भएपनि कोभिडका कारण अनिश्चितकालका लागि स्थगित भएको थियो ।

यसअघि नै चैतमा एनभिए लिग आयोजना गर्ने विषयमा छलफल भइसकेको थियो । बुधबारको बैठकले त्यसको लागि मिति तय गर्दै राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति लिने र त्यसका लागि बजेट जुटाउने विषयमा तयारी थालेको छ ।

यस्तै संघले वैशाखमा आयोजना हुने प्रधानसेनापति कपको लागि पनि स्वीकृति दिएको छ । नेपाली सेनाले आगामी वैशाख १५ देखि प्रधानसेनापति कप भलिबल आयोजना गर्दैछ ।

यसैगरी वैशाखमा राष्ट्रिय महिला टिमको प्रशिक्षण सुरु गर्ने विषयमा पनि छलफल भएको संघका अध्यक्ष शर्माले बताए । ‘हामीले सबै अवस्था सहज भए वैशाख अन्तिमदेखि महिला टिमको प्रशिक्षण सुरु गर्ने योजनामा छौँ ।’

नेपाली महिला टिमले आगामी अगष्ट (२०७८ भदौ) मा चीनमा आयोजना हुने एभिसी एसियन वुमन्स भलिबल च्याम्पियनसिपमा भाग लिने पक्का भइसकेको छ । २०७६ सालमा नेपालको महिला टिमले ऐतिहासिक उपलब्धि हात पारेको थियो । त्यसै आधारमा संघले महिला टिमलाई एसियन च्याम्पियनसिपमा पठाउने निर्णय गरेको हो ।

गत वर्ष महिला टिमले बंगलादेशमा भएको एभिसी वुमन्स सेन्ट्रल जोनको उपाधि जितेको थियो । यस्तै घरेलु कोर्टमा भएको १३औं सागमा रजत पदक जितेको थियो ।

केही समय अघि मात्रै पोखरामा दुई भलिबल प्रतियोगिता सम्पन्न भएपछि भलिबल गतिविधि पनि सुरु हुन थालेको हो । टाइगर ग्रुप पोखरा नेपालले पहिलो पटक महिला र पुरुषको राष्ट्रियस्तरको टाइगर कप आयोजना गरेको थियो । यस्तै गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप पनि आयोजना भएको थियो ।

नेपाल भलिबल संघले गत वर्ष माघमा महिला र पुरुषको क्लब भलिबल च्याम्पियन आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४