Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वैवाहिक जीवनमा बाँधिए अन्जु र थिर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १३ २०७७
  • 7.2K
    SHARES

गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले आज प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् ।

अन्जु र थिरले चर्चमा बिहे गरेको वुझिएको छ । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ ।

 थिरले भने–‘हामीले पाटनको चर्चमा बिहे गरेका हौं । कोरोनाका कारण धेरै मानिसहरुलाई बोलाउन सकिएन । दुबै जनाको परिवारको उपस्थितीमा मात्रै बिहे गरेका हौं ।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् ।

अन्जु र थिरको बिहे मिति केही समय अगाडि नै फाइनल गरिएको थियो । माघमै बिहे गर्ने योजना भएपनि विविध कारणले सो मितिमा बिहे हुन नसकेको वुझिएको छ । अन्जु र थिरलाई वैवाहिक जीवनको शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४