Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घरमै बसेर थाहा पाउन सकिनेछ खेतबारीको माटोको गुणस्तर


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १२ २०७७
  • 7.4K
    SHARES

काठमाडौं । कृषकले घरमै बसीबसी आफ्नो जमिनको गुणस्तर थाहा पाउन सक्ने प्रविधि सरकारले बुधबारबाट प्रयोगमा ल्याएको छ ।

नेपालको माटोको डिजिटल नक्सामार्फत किसानहरुले आफ्नो घर मै बसेर मोबाइल तथा कम्प्युटरको सहायतामा जमिनको गुणस्तर थाहा पाउन सकिने नेपाल कृषि अनुसन्धान परिषद् नार्कले जनाएको छ ।

दक्षिण एसियामै नेपालमा पहिलोपटक तयार पारिएको दाबी गरिएको उक्त नक्साको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

माटोको डिजिटल नक्साकंनपछि नेपालको कृषि डिजिटल युगमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले यसको फाइदा लिन कृषकहरुलाई आग्रह पनि गरे ।

नार्ककाअनुसार डिजिटल नक्सामार्फत माटोमा रहेका विभिन्न तत्व वा गुणहरु जीपीएसका माध्यामबाट कम्प्युटर प्रविधिबाट थाहा पाउन सकिन्छ ।

माटोमा रहेका तत्वहरु र तिनलाई वातावरणीय कारणबाट पर्ने प्रभावलाई गणितीय तथा तथ्यांकीय मोडलको माध्यमबाट प्रयोगशाला विश्लेषण गरी माटोको नतिजाको आधारमा यस्तो नक्सा तयार गरीएको नार्कले जनाएको छ ।

नक्सामा के छ ?

इन्टरनेट प्रयोगकर्ताले डब्लु डब्लु डब्लु डट सोइल डट नार्क डट जीओभी डटकम डट एनपीमा गएर यो नक्सा भित्र प्रवेश गर्न सकिन्छ । जहाँ देशभरका ५६ जिल्लाका २३ हजार २७३ वटा माटोको नमूनाका आधारमा तयार पारिएको नक्सा छ । स्याटेलाइट चित्रका आधारमा माटोको गुणहरु निर्धारण गर्न भूमिका खेल्ने वातावरणीय कारक तत्वहरु मध्ये १६८ वटा तत्वहरुलाई मध्यनजर गर्दै उक्त नक्सा तयार गरिएको छ ।

नक्साबाट भौगोलिक स्थान विशेषका माटोका प्रकार थाहा पाउन सकिन्छ । साथै माटोमा रहेका अम्लीयपना, प्राङ्गरिक पदार्थको मात्रा, नाइट्रोजन, फस्फोरस तथा पोटासको मात्रा थाहा पाउन सकिने नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताए ।

यस्तै माटोको सूक्ष्म पोषकतत्व, जिङ्क तथा बोरोन जस्ता तत्वको मात्रा थाहा नक्सामार्फत किसानले थाहा पाउन सक्छन् ।

फाइदा लिन सकिने

खेतिपातीसँग सम्बन्धित कुनै पनि काम गर्नुअघि किसानलाई आफ्नो जमिनको गुणस्तर जान्नु जरुरी हुन्छ । माटोको गुणस्तर नबुझी गरिने कृषिमा दुःख मात्रै नहोस भनि अहिले पनि माटोका गुणस्तर जाँच गर्न किसानहरु जिल्ला सदरमुकाम वा पालिकाको कार्यालयसम्म धाउनु पर्ने बाध्यता छ । तर माटोको डिजिटल नक्सांकनपछि भने घरमै बसेर किसानले यो सुविधा लिन सक्ने नार्कले जनाएको छ ।

इन्टरनेट र मोबाइल एप प्रयोग गर्न जान्ने किसानले सोही माध्यम र नजान्ने किसानले फोन गरेरै आफ्नो जमिनमा कुन खेती लगाउने तथा जमिनको स्वथ्थताबारे जानकारी लिन सक्ने राष्ट्रिय माटो विज्ञान केन्ऽका वरिष्ठ माटो वैज्ञानिक डा.श्रीप्रसाद विष्ट बताउँछन् ।

नार्कससहित कृषि मन्त्रालय माताहतका सबै तल्ला तहहरुबाट पनि यो प्रविधिमार्फत किसानलाई सुविधा दिइने मन्त्रालयले जनाएको छ । नार्क, मन्त्रालय, प्रदेशस्थित कृषि कार्यालय र स्थानीय कृषि ज्ञान केन्द्रमार्फत पनि किसानले यो सेवा निःशुल्क पाउने छन् ।

ठूलो लगानीमा गरिने कृषि परियोजना सञ्चालन गर्न, नयाँ प्रविधि र बिउ प्रयोग गर्न माटो सुहाउँदो खेती गर्नका लागि यो प्रविधि महत्वपूर्ण मानिएको छ ।

व्यवसायिक कृषि विकास गर्न, मलको आवश्यकता सम्बन्धमा नीति बनाउन तथा माटोको उपचार गर्न पनि माटोको डिजिटल नक्साले सहयोग गर्ने नार्कले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४