काठमाडौं पुगेर पछिल्लो राजनीतिक अवस्थाबारे महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले प्रचण्ड र नेपाल चितवनको सभालाई सम्वोधन नगरी काठमाडौं फर्किएको नेकपा चितवनले जनाएको छ ।
प्रचण्ड–माधव समूहले आज अपराह्न संसदीय दलको बैठक समेत आह्वान गरेको छ । त्यसअघि सो समूहले काठमाडौंको शान्तिवाटीकामा विजय सभा आयोजना गर्दै छ ।
प्रचण्ड र नेपालको अनुपस्थितिमा चितवनको सभालाई पूर्वमन्त्री सुरेन्द्र पाण्डेलगायतका नेताले सम्बोधन गर्नेछन् ।