Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वप्रधानमन्त्री भट्टराईलाई भोलि अस्पताल भर्ना गरिने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १० २०७७
  • 3K
    SHARES

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भोलि(मंगलबार) अस्पताल भर्ना गरिने भएको छ ।

पेटमा समस्या देखिएपछि भारत जानुभएका भट्टराईको नयाँ दिल्लीस्थित इन्स्टिच्यूट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना गरेर थप परीक्षण गरिने उहाँका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।

नेपालका विशेषज्ञ डाक्टरहरूले उहाँमा न्यूरो–इन्डोक्राइनको ट्यूमर भएको आशंका गरेपछि त्यसको पहिचानका लागि दिल्ली जानुपरेको भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको थियो । उहाँले आफू रोग पहिचानका लागि दिल्ली आउनुपर्दा दुःख लागेको बताउनुभएको छ ।

आइतबार भारत जानुभएका पूर्वप्रधानमन्त्री भट्टराई दिल्लीस्थित नेपाली दुताबासमा बस्नुभएको छ । भट्टराईको साथमा उहाँकी पत्नी हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे भारत जानुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४