Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तपाईंको यौन जीवन ध्वस्त पारिदिने यस्ता सात रोग, हुनुहोस् सतर्क


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ८ २०७७
  • 8.2K
    SHARES

पार्टनरसँग सेक्सुअली कनेक्ट हुनु सम्बन्धमा इन्टिमेसीको एउटा राम्रो संकेत हो । यसले तपाईंको सेक्सुअल हर्मोन र शरीरलाई पनि स्वस्थ राख्छ । यद्यपि, बढ्दो स्वास्थ्य समस्याले तपाईंको यौनजीवनलाई बर्बाद पारिदिन सक्छ । त्यसैले आफ्नो स्वास्थ्य अवस्थाबारे तपाईंलाई राम्रोसँग जानकारी हुनुपर्छ । आज हामी तपाईंलाई यस्ता केही स्वास्थ्य समस्याबारे जानकारी दिँदै छौं जसले तपाईको यौन जीवनलाई गम्भीर रुपमा प्रभावित पार्न सक्छ । 

मधुमेहः

मधुमेहका रोगी पुरुषलाई इरेक्सन र इज्याकुलेशनजस्तो समस्या हुनसक्छ । उच्च रक्तचापका कारण हाम्रो रक्तनली र नसामा खराब असर पर्छ । साथै यसले यौनाङ्गका लागि आवश्यक साधारण रक्त प्रवाहलाई पनि प्रभावित गर्छ । जबकी यस्तो अवस्थामा महिलाको यौनाङ्ग सुख्खा हुने, पीडादायी यौनसम्बन्ध र यौन सम्बन्धमा अनिच्छालगायतका समस्या देखिन सक्छ । स्वस्थ र सफा खानामार्फत् शारीरिक रुपमा आफूलाई सक्रिय राख्दा यो समस्याको हल हुने गर्छ । 

अत्यधिक पीडाः

शरीरको कुनै पनि भागमा भयानक पीडा वा क्रोनिक पेनले पनि तपाईंको यौनेच्छामा कमी ल्याइदिने गर्छ । यस्ता दुखाईबाट राहत पाउनका लागि डाक्टरको सल्लाहमा औषधीको प्रयोग गर्न सक्नुहुन्छ । यद्यपि, कुनै पनि औषधी लिनु अघि सतर्क हुनुहोस् किनभने केही पेनकिलरको साइड इफेक्ट हुनसक्छन् जसले तपाईंको यौन जीवन प्रभावित पारिदिन सक्छ । 

मुटुरोगः

यदि तपाईंलाई मुटु सम्बन्धि कुनै समस्या छ भने यौनबारे तपाईंले विरलै सोच्नुहुन्छ । विज्ञका अनुसार यदि कुनै व्यक्तिलाई केही समय अघि मात्रै हृदयघात भएको छ भे उनले केही समयका लागि यौनबारे सतर्क हुनुपर्छ । 

डिप्रेशनः

यो एउटा मानसिक अवस्था हो जसले तपाईंको मनको स्थितीलाई प्रभावित गर्छ । तपाईं सधैं चिन्तित रहनुहुन्छ र यस्तोमा कुनै पनि क्रियाकलापमा समावेश हुन तपाईंलाई मनपर्दैन जसले तपाईंको मनोदशालाई ठिक स्थितीमा राख्न सकोस् । यसका लागि डाक्टरले तपाईंलाई केही औषधीबारे सुझाव दिन सक्छन् जसले तपाईंको यौन जीवनलाई पनि प्रभावित पार्न सक्छ । यसैबीच तपाईंले कामोत्तेजनामा मुश्किलको सामना गर्ने सम्भावना पनि रहेको हुन्छ । यस्तोमा औषधीको डोज कम वा औषधी नै परिवर्तन गरेर तपाईंले यस्तो समस्याबाट पार पाउन सक्नुहुन्छ । यद्यपि, सबैभन्दा पहिला डाक्टरसँग सल्लाह लिनुहोस् । 

आर्थराइटिसः

जोर्नीमा दुखाई वा ऐठनले तपाईंको यौन जीवनलाई निकै हदसम्म खराब गर्न सक्छ । यौन जीवनका लागि शरीरको चालको आवश्यकता हुन्छ त्यसैले यस्तो समस्याले ग्रस्त भएकाहरुले यौन सम्बन्ध स्थापित गर्नबाट जोगिनुपर्छ । 

कम टेस्टोस्टेरोन, रजनोवृत्तिः

टेस्टोस्टेरोनको कमीसँग जुधिरहेका पुरुषमा पनि यौन सम्बन्धि समस्या हुनसक्छ । यो समस्या उमेरसँगै बढ्ने गर्छ किनभने टेस्टोस्टेरोन जस्ता सेक्स हर्मोन क्रमशः कम हुन थाल्छन् । जब महिलाको उमेर ४० देखि ५० वर्षभन्दा माथि लाग्छ तब उनीहरुको महिनावारी रोकिन सक्छ जसले शरीरमा एस्ट्रोजनको स्तर कम गरिदिने गर्छ । 

रजनोवृत्तिका कारण महिलाको यौनाङ्ग सुख्खा हुने गर्छ भने यौनेच्छामा कमीको अनुभव गर्न सकिन्छ । यद्यपि, यो स्थितीमा पनि पुरुष र महिलाको शरीरमा सेक्सुअल हर्मोनको स्तरमा वृद्धिका लागि डाक्टरसँग सम्पर्क गर्नुहोस् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४