Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लद्दाखको सीमा बिवादमा भारत र चीनबीच सहमति


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ३० २०७७
  • 2.2K
    SHARES

एजेन्सी । भारत र चीनले लद्दाखको सीमा क्षेत्रबाट आफ्ना सेनालाई फिर्ता ल्याउने सहमत भएका छन् । दुवै देशका वरिष्ठ सैनिक कमान्डरहरूबीच नौ चरणको वार्तापछि पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण किनारबाट पछाडि हट्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको रक्षामन्त्री राजनाथ सिंहले लद्दाखको सीमा क्षेत्रबाट सैनिक फिर्ता ल्याउने कदम परमाणु अस्त्रसम्पन्न मुलुहहरूबीच भएको निरन्तरको वार्ताको परिणाम भएको बताउनुभएको छ । संसदमा बोल्दै उहाँले गत सेप्टेम्बरयता दुवै पक्षले सैनिक र कूटनीतिक माध्यमहरूबाट कुराकानी थालेको जानकारी दिनुभयो ।

चीनको राष्ट्रिय प्रतिरक्षा मामिला मन्त्रालयका प्रवक्ताले पान्गोङ त्सो तालबाट संयोजित र व्यवस्थित रूपमा पछाडि हट्ने कार्य आरम्भ भएको प्रतिक्रिया दिनुभयो । गत जुनमा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो । भारत र चीन दुवैले उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४