Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अध्यक्ष र उपाध्यक्षबीचको विवादले थन्कियो करोडको स्काभेटर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २७ २०७७
  • 2.9K
    SHARES

डोटी । ‘तिम्रो यो हालत बनाउनमा हाम्रो कुनै हात छैन है मेसिनरी, जति श्राप दिनु छ उनैलाई देउ । हामी हाम्रो सम्पत्तिको संरक्षण छिटो होस भन्ने चाहन्छौ ।’ दार्चुला जिल्ला, मालिकार्जुन गाउँपालिका-८ का लक्ष्मीराज पन्तले बिग्रेको स्काभेटरको फोटो राख्दै सामाजिक सञ्जालमा माथिको हरफ पोष्ट गरे ।

गाउँपालिकाले २०७४ फागुनमा खरिद गरेको स्काभेटर बिग्रेको भन्दै २०७६ साल जेठदेखि पस्तीमा थन्किएको छ । गाउँपालिकाका सबै वडाहरुसम्म सडक पुर्‍याउने उद्देश्यका साथ एक करोड १५ लाख रुपैयाँमा उक्त स्काभेटर खरिद गरिएको थियो । खरिद गरेको ६ महिना नपुग्दैदेखि बिग्रन सुरु भएको उक्त मेसिन २० महिनादेखि संरक्षणविहीन भएर कच्ची सडकको छेउमा अल्पत्र छ ।

गाउँपालिकाले सवै वडाका केन्द्रसम्म सडक पुर्‍याउने लक्ष्यसहित स्काभेटर किनेको तर त्यो पुरा हुन नसकेको बताउँछन् गाउँपालिकाको वडा नंं ५ का वडाध्यक्ष तर्कराज ओझा । ‘हामीले स्काभेटर मर्मत गरेर सञ्चालनमा ल्याउनका लागि पटक-पटक निर्णय गरेका छौं,’ वडाध्यक्ष ओझा भन्छन्, ‘तर पनि किन मर्मत भएन, थाह भएन ।’ उनी यसरी २० महिनासम्म स्काभेटर थन्किनु गाउँपालिकाकै लाजको विषय भएको बताउँछन् । उनले उपाध्यक्षको नेतृत्वमा रहेको स्काभेटर सञ्चालन तथा व्यवस्थापन समितिले मर्मत गर्न नसकेको वताए ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवादका कारण स्काभेटर अल्पत्र परेको स्थानीयहरु बताउँछन् । ‘अध्यक्ष कांग्रेसका हुन्, उपाध्यक्ष नेकपाका’ नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीय भन्छन्, ‘दुवैका बीचमा विवाद छ, एकले अर्कोलाई आरोप प्रत्यारोप मात्रै गरिरहेका छन् ।’

ती व्यक्तिकै आशयको कुरा गर्छन् लक्ष्मीराज पन्त पनि । उनी भन्छन्, ‘खोलाको किनारमा स्काभेटर थन्काइएको छ, मर्मत गर्नमा कसैको ध्यान गएको छैन, जनप्रतिनिधिहरू एक-अर्काप्रति आरोप-प्रत्यारोपमै ब्यस्त छन ।’ उनले अहिले भाडामा मेसिन ल्याएर सडक बनाउने नाममा व्यापक भ्रष्टाचार भएको समेत आरोप लगाए ।

अध्यक्ष-उपाध्यक्षकै बीच आरोप-प्रत्यारोप

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पनि एकअर्काप्रति अरोपमै व्यस्त छन् । स्काभेटर मर्मत गर्न कार्यपालिकाले बजेट उपलव्ध नगराएका कारण स्काभेटर थन्किएको बताउँछिन् गाउँपालिकाका उपाध्यक्ष पुष्पा अवस्थी ।

‘पहिले पनि पटक-पटक बिगि्रएको थियो’ स्काभेटर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका गाउँपालिका उपाध्यक्ष अवस्थी भन्छिन्, ‘बिग्रेर मर्मत भएको कुरा सुनेको थिएँ तर कहिले बिगि्रयो, कसरी मर्मत भयो र कति रकम खर्च भयो भन्ने मलाई थाह छैन ।’ स्काभेटर मर्मत गर्नु पर्ने मात्रै निर्णय गर्ने बजेटको विषयमा कुनै निर्णय नगर्ने गरेको उनी वताउँछिन् ।

‘मैले मेकानिकल इन्जिनियरबाट इस्टिमेट गराउँदा १५/१६ लाख रुपैयाँ खर्च हुने देखियो,’ अवस्थीले भनिन्, ‘बजेटको व्यवस्थापन नभई कसरी मर्मत गराउनु र ?’ उनी कार्यपालिकामा आफुले राखेको प्रस्ताव पास नहुने गरेको बताउँछिन् ।

अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले वजेट बिनियोजन नगर्ने तर उपाध्यक्षले काम गरेन भनेर आरोप मात्र लाउने गरेको उनको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामी उपाध्यक्षको संयोजकत्वमा स्काभेटर सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको र उक्त समितिलाई मर्मत गर्ने जिम्मेवारीसमेत दिएको वताउँछन् ।

उनी भन्छन्, ‘गत असार २५ गते बसेको गाउँकार्यपालिकाको ६९ औं बैठकले स्काभेटर मर्मतका लागि मेकानिकल इन्जिनियरबाट इस्टिमेट तयार गरी मर्मतको जिम्मेवारी समितिका संयोजक एवं उपाध्यक्ष ज्यूलाई दिने निर्णय भएको हो, उहाँले किन हो त्यसमा चाँसो नै देखाउनु भएको छैन ।’

उनी आफूहरुबीच कुनै त्यस्तो विवाद नभएको बताउँछन् । भन्छन्, ‘उपाध्यक्ष ज्यूले जिम्मेवारी बहन नगरेको कारण स्काभेटर मर्मत हुन सकेको छैन ।’

अब के हुन्छ त, मर्मत नहुने हो त स्काभेटर ? गाउँपालिका अध्यक्ष धामी भन्छन्, ‘मर्मत हुन्छ, प्रक्रिया अगाडि बढिसकेको छ ।’ उनले इस्टिमेटका लागि मेकानिकल इन्जिनियर बोलाउने कार्य भइसकेको र केही दिनमा इस्टिमेट हुने बताए । त्यसपछि लगत्तै मर्मतको काम गर्ने अध्यक्षको भनाइ छ ।

स्काभेटर बिगि्रसकेपछि गाउँपालिकाले दुई आर्थिक वर्षको बजेट ल्याएको छ । तर स्काभेटर मर्मतका लागि कुनै पहल गरेन । स्काभेटर खरिद गरेलगत्तै गाउँपालिकाले चालक र सहचालक गरी दुई कर्मचारी नियुक्त गरेको थियो ।

स्काभेटर बिग्रेर थन्किए पछि पनि करारमा राखिएका ती कर्मचारीहरुले १३ महिना तलब खाए । साउनयता उनीहरुलाई तलब नदिइएको बताउँछन् गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुणराज ओझा ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४