एजेन्स,/ म्यान्मारमा तेस्रो दिन पनि दशौं हजार मानिसहरू सडक प्रदर्शनमा उत्रिएका छन्।सैन्य कू को विरोधमा म्यान्मारमा दशकयताकै ठुला प्रदर्शनहरू भएको जनाइएको छ । मुख्य सहर याङ्गोनमा देशव्यापी हडतालको स्वरूप दिने गरी वकिल, शिक्षक र निजामती कर्मचारीसहित विभिन्न पेसागत समूहहरू भेला भएको बताइएको छ ।
बीबीसीका अनुसार राजधानी नेपिदअमा प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरे पनि उनीहरूले प्रदर्शन जारी राखेका छन्। हालसम्म हिंसाका खबर भने नआएको जनाइएको छ ।
गत सोमवार सेनाले निर्वाचित नेतृ आङ सान सू चीलगायत नेताहरूलाई हिरासतमा राखेको थियो।