नेपालमा राजनीतिक संकट पैदा भइरहेका बेलो जसपा नेताहरुको दिल्ली उडानले महत्वपूर्ण अर्थ राख्न सक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा आोलीले संसद विघटन गरेपछि प्रमुख प्रतिपक्षी दन नेपाली काँग्रेस, नेकपाकै प्रचण्ड नेपाल समुहसहित जनता समाजवादी पार्टी (जसपा) पनि आन्दोलनमा छ ।
त्यही क्रममा अध्यक्ष ठाकुर भैरहवाबाट दिल्ली प्रस्थान गरका हुन भने अर्का नेता यादव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिलली उडेका हुन् । उहाँहरु एकैसाथ दिल्ली उडेपनि (जसपा)का नेताहरुले भने पारीवारिक तथा व्यक्तिगत भेटघाटका लागि भारत गएको दावी गरेको छन् ।
बिगतका समयमा पनि मुलुकमा राजनीतिक संकट उत्पन्न भए नेताहरु कहिले भारत त कहिने चीन जाने गरेका छन् ।